• १५ असार २०८१, शनिबार

गोरखाको सिरानचोक गाउँपालिकामा पुनः कांग्रेस विजयी

blog

सिरानचोक गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा विजयी कांग्रेस उम्मेदवार । तस्बिर : गोरखापत्र

गोरखा, जेठ ६ गते । सिरानचोक गाउँपालिकामा पुनः नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षका उम्मेदवार ज्ञानेन्द्र गुरुङ ५ हजार ४०३ मतका विजयी बन्नु भएको हो । उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नवराज पुडासैनीले ४ हजार १६८ मत ल्याउनु भएको छ । पुडासैनीलाई १ हजार २३५ को फराकिलो मतान्तर हराउँदै गुरुङ विजयी बन्नु भएको सिरानचोक गाउँपालिका निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिनुभयो । 

वडा नम्बर २ थालाजुङका निर्वतमान वडाध्यक्ष रहनु भएका गुरुङ लोकप्रिय मत ल्याएर विजयी बन्नु भएको हो । ४१ वर्ष युवा गुरुङ यसअघिका वडा अध्यक्ष मध्येबाट अध्यक्ष÷प्रमुखमा टिकट पाउने एक मात्र व्यक्ति हुनुहुन्छ । स्नात्तोतर गर्नु भएका उहाँ राम्रा योजनाकार समेत मानिनुहुन्छ । नेकपा एमालेबाट अध्यक्षका प्रत्यासी देबराज श्रेष्ठले जम्मा १ हजार ५४५ मत ल्याउनु भएको छ । यसैगरी जनता समाजवादी पार्टीका चित्रबहादुर गुरुङले ४८६, राष्ट्रिय प्रजातन्त्र पार्टीका जयप्रकाश बगालेले १२८, मंगोल नेशनल अग्रनाइजेसनका यमबहादुर गुरुङ, ८९ र राष्ट्रिय नागरिक पार्टीका सन्तबहादुर बिश्वकर्माले १० मत पाउनु भएको छ । 

त्यसैगरी उपप्रमुखमा पनि नेपाली कांग्रेसका उम्मेदवार रीता देबकोटाले बिजयी हासिल गर्नु भएको छ । ४ हजार ८ सय ४ मत ल्याएर उहाँ बिजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी उम्मेदवार पूर्णकुमारी ढकालले ३ हजार ९०२ मत ल्याएर पराजित गर्नु भएको हो । यसअघि पनि उपाध्यक्ष रहनु भएकी उहाँ दोश्रो कार्यकालका लागि निर्वाचन हुनभएको छ । नेकपा एमालेकी शशिकला देवकोटाले १ हजार ८४४, जनता समाजवादी पार्टीकी शोभा सुनारले ६५२, मंगोल नेशनल अग्रनाइजेसनकी पञ्चमायाँ गुरुङले १७५, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सीता पोखरेलले १४४ र राष्ट्रिय नागरिक पार्टीकी दिपमायाँ बिकले २५ मत ल्याउनु भएको छ । 

८ वटा वडामा रहेको सिरनचोक गाउँपालिकामा वडा नं। १, २, ३, ४, ८ गरी ५ वटा वडामा नेपाली  कांग्रेस विजयी भएको छ ।  ५, ६, ७ मा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

Author

नरेन्द्र ढकाल