• १२ पुस २०८१, शुक्रबार

मुसीकोटमा काँग्रेस विजयी

blog

मुसीकोट नगरपालिकाका निर्वाचित प्रमुख महेन्द्र केसी र उपप्रमुख विमल कुमार पुन । तस्बिर : राजु लामिछाने

रुकुम पश्चिम, जेठ ६ । जिल्लाको मुसिकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसी र उपप्रमुखमा नेकपा (एकिकृत समाजवादी) का विमल कुमार पुन विजयी हुनुभएको छ । 

केसीले छ हजार ९१४ मत प्राप्त गरेर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । उहाँका निकतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का वसन्तकुमार शर्माले छ हजार ९०१ मत पाउनुभएको छ । १३ मतान्तरमा केसीले नगरप्रमुख पदमा विजय हुनुभएको हो । 

उपप्रमुखमा विजयी नेकपा (एकीकृत समाजवादी)का विमलकुमार पुनले छ हजार १४० मत प्राप्त गर्नुभएको छ । पुनले एमालेका थलविर ओलीलाई १५५ मतले पराजित गर्नुभएको हो । उहाँका निकतम प्रतिद्वन्द्वी ओलीले पाँच हजार ९८५ मत पाउनुभएको छ । 

मुसीकोटमा नेपाली कांग्रेस र एमालेले गठबन्धन गरेका थिए भने माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी) र जनता समाजवादीले गठबन्धन गरेका थिए । १४ वडा रहेको मुसीकोटमा माओवादीले ८ र काँग्रेसले ६ वडामा विजय हाँसिल गरेको छ । 

Author

राजु लामिछाने