• १३ साउन २०८१, आइतबार

हेटौँडामा गठबन्धनका उम्मेदवार लामाको अग्रता

blog

एमालेका उम्मेदवार अनन्त पौडेल र गठबन्धनका उम्मेदवार मीना कुमारी लामा । तस्विरः राममणि दाहाल

हेटौँडा, जेठ ६ गते । हेटौँडा उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार मीना लामाले अग्रतालाई कायम राख्नुभएको छ । गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार लामाले २० हजार ९६ मत प्राप्त गर्नुभएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६३ हजार ९७५ मत खसेकोमा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १८ हजार ३२४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले १७ हजार ८०९ मत प्राप्त गर्नुभएको छ । यसअघि राप्रपाका सिंह पहिलो स्थानमा रहनुभएकोमा पछिल्लो समयमा तेश्रो स्थानमा पुग्नुभएको छ ।

यस्तै उपप्रमुखमा नेपाली काँग्रेसका राजेश बानियाँले २८ हजार ४४३, एमालेका सुमित्रा काफ्लेले २० हजार ७३७ र राप्रपाका इन्दिरा न्यौपानेले चार हजार ६३७ मत प्राप्त गर्नुभएको छ । उपमहानगरमा ७३ हजार ४१४ मत खसेकोमा ६३ हजार ९७५ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

१९ वटा वडा रहेको पालिकामा हाल ८, ९, १०, ११, १२ र १३ को मत गणना जारी रहको छ । मत गणना सम्पन्न भएका वडामा सात वटा वडामा काँग्रेस र छ वटा वडामा एमालेले वडाध्यक्ष जितेको छ ।

Author

राममणि दाहाल