• १३ साउन २०८१, आइतबार

काठमाडौं महानगर २८ मा काँग्रेसका खड्गी विजयी

blog

काठमाडौं, जेठ ६ गते । काठमाडौं महानगरपालिका २८ को वडाअध्यक्षमा नेपाली कांग्रेसका भाइ राम खड्गी प्रकाश विजयी हुनुभएको छ । उहाँले एक हजार २८२ मत ल्याउनुभयो ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विपेन्द्र खड्गीले एक हजार ७३ मत प्राप्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका श्याम प्रसाद खड्गीले  १५७ र  नेकपा (माओवादी केन्द्र) का सुरज तण्डुकारले  ६५ मत ल्याउनुभयो ।

महिला सदस्यमा काँग्रेसका नीना कुमारी खड्गी  एक हजार २६५ मतसहित, दलित महिला सदस्यमा एक हजार २०४ मतसहित कांग्रेसका ललिता कार्की ढली विजयी हुनुभयो ।

सदस्यद्वयमा कांग्रेसका अरुण तण्डुकार एक हजार २७९ मतसहित र विरेन्द्र महर्जन एक हजार १८५ मतसहित विजयी हुनुभएको छ  ।