• ७ जेठ २०८१, सोमबार

नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धन विजयी

blog

नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित प्रशान्त बिष्ट । तस्विरः गोविन्द शर्मा

बाँके, जेठ ६ गते । जिल्लाको नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रशान्त बिष्ट  विजयी हुनुभएको छ । बिष्ट  २३ हजार ४६० मतसहित बिजयी हुनुभएको छ । 

नेकपा (एमाले)का पशुपति दयाल मिश्रले  ११ हजार ६७५ मत प्राप्त गर्नुभएको छ । बिष्ट ११ हजार ७८५ मतान्तरले विजयी हुनुभएको हो । राप्रपाका नन्दलाल बैश्यले सात हजार ५९८ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा जनता समाजवादी पार्टीका कमरुद्दिन राई   १७ हजार ९५० मतसहित विजयी हुनुभएको छ । एमालेका शान्ती ढकालले  १० हजार ९१५ मत र राप्रपाका बिन्दु चर्तिमगरले १० हजार १३५ पाउनुभएको छ । नेपालगन्जका २३ वडा मध्य जसपाले ५, १३, १४, १५, २०, २२ गरि ६ वडा, कांग्रेसले १२, १७, १९, २१, २३ गरि ५ वडा, एमालेले  १, ६, ७, ९, १८ गरि ५ वडा ,माओवादीले ३, ४, ११, १६ गरि ४ वडा र राप्रपाले २, ८, १० गरि ३ वडा जितेको छ ।

Author

गोविन्द शर्मा