६ जेठ २०७९, शुक्रबार
३ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
६ जेठ २०७९, शुक्रबार
३ वर्ष पहिले
दमक, जेठ ६ गते । झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मनोज प्रसाई विजयी हुनुभएको छ । उहाँले ११ हजार ४०३ मत ल्याएर विजय हुनु भएको छ ।
उहाँको निकटतम प्रतिस्पर्धि निवर्तमान उपाध्यक्ष नेकपा (एमाले)की मिरा भूर्तेलले आठ हजार ३०२ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका भवानीप्रसाद खतिवडा विजयी बन्नु भएको छ । आठ हजार ७४ मत प्राप्त गर्दै उहाँ विजयी बन्नु भएको हो । उहाँको निकटतम प्रतिस्पर्धि नेकपा (माओवादी केन्द्र)का खड्गबहादुर तिम्सिनाले पाँच हजार २१६ मत प्राप्त गर्नु भएको छ ।
विष्णुप्रसाद पोखरेल