• १३ साउन २०८१, आइतबार

स्थानीय तह निर्वाचन : ६३९ पालिकाको नतिजा सार्वजनिक

blog

काठमाडौं, जेठ ६ गते । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म ६३९ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

शुक्रबार बिहान ११ बजेसम्म निर्वाचन आयोगको केन्द्रिकृत डाटामा समाविष्ट तथ्याङ्क अनुसार नेपाली काँग्रेसले १०२ पालिकामा प्रमुख पद जितेको छ भने ३० पालिकामा अग्रता लिएको छ । 

त्यस्तै,  नेकपा (एमाले)ले ५९ पालिकामा प्रमुख पद जितेको छ भने १९ पालिकामा अग्रता लिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले २० पालिकामा प्रमुख पद जितेको छ भने सात पालिकामा अग्रता लिएको छ ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले छ पालिकामा प्रमुख पद जितेको छ भने पाँच पालिकामा अग्रता कायम गरेको छ । त्यस्तै, अन्य पार्टीले १९ पालिकामा प्रमुख पद जितेका छन् भने १६ पालिकामा अग्रता बनाएका छन् ।

गाउपालिकातर्फ कांग्रेसले १७८ पालिकामा अध्यक्ष पद जितेको छ भने १० पालिकामा अग्रता लिएको छ । एमालेले ११५ पालिकामा अध्यक्ष पद जितेको छ भने सात पालिकामा अग्रता लिएको छ ।

माओवादी केन्द्रले ९२ पालिकामा अध्यक्ष पद जितेको छ भने चार वटा पालिकामा अग्रता लिएको छ । जनता समाजवादी पार्टी (जसपा)ले २४ पालिकामा अध्यक्ष पद जितेको छ भने चार पालिकामा अग्रता लिएको छ । त्यस्तै, अन्य पार्टीले २४ पालिकामा अध्यक्ष पद जितेका छन् भने चार पालिकामा अग्रता लिएका छन् ।

त्यस्तै, कांगेसले ७८ पालिकामा उपप्रमुख पद  जितेको छ  भने ३३ पालिकामा अग्रता लिएको छ । यस्तै एमालेले ७८ पालिकामा उपप्रमुख पद जितेको छ भने ३३ पालिकामा अग्रता लिएको छ ।

माओवादी केन्द्रले २८ पालिकामा उपप्रमुख पद जितेको छ भने छ पालिकामा  अग्रता लिएको छ ।

एकीकृत समाजवादीले आठ पालिकामा उपप्रमुख पद जितेको छ भने एक पालिकामा अग्रता लिएको छ ।

अन्यले १६ पालिकामा उपप्रमुख पद जितेका छन् भने नौ पालिकामा अग्रता लिएका छन् ।

त्यस्तै, कांग्रेसले १७९ पालिकामा उपाध्यक्ष पद जितेको छ भने १३ पालिकामा अग्रता बनाएको छ ।

एमालेले ११७ पालिकामा उपाध्यक्ष पद जितेको छ भने आठ पालिकामा अग्रता लिएको  छ ।

माओवादी केन्द्रले ९० पालिकामा उपाध्यक्ष पद जितेको छ भने तीन पालिकामा अग्रता लिएको छ ।

जसपाले २४ पालिकामा उपाध्यक्ष पद जितेको छ भने तीन पालिकामा अग्रता बनाएको छ ।

अन्यले २४ पालिकामा उपाध्यक्ष पद जितेका छन् भने तीन पालिकामा अग्रता लिएका छन् ।

यसैगरी, कांग्रेसले दुई हजार ३८८ वटा वडामा अध्यक्ष जितेको छ । साथै २६ वटा वडामा अग्रता लिइरहेको छ ।

नेकपा एमालेले एक हजार ९०५ वटा वडा जित्दा २३ वडामा अग्रता लिइरहेको छ ।

नेकपा माओवादी केन्द्रले ९८९ वटा वडामा अध्यक्ष जितेको छ । तीन वटा वडामा उसले अग्रता लिइरहेको छ ।

जनता समाजवादी पार्टीले २३८ वटा वडामा अध्यक्ष जितेको छ भने पाँच वटा वडामा अग्रता लिइरहेको छ । अन्यले ५२२ वटा वडा जितेका छन् भने नौ वटामा अग्रता लिएक छन् ।