• १३ साउन २०८१, आइतबार

पाँचपोखरीमा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

blog

पाँचपोखरी गाउँपालिकामा पुन निर्वाचित अध्यक्ष टासी लामा र उपाध्यक्ष सुनिता अधिकारी ।

चित्र मिजार
सिन्धुपाल्चोक, जेठ ६ गते ।
जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ । अध्यक्षमा टासी लामा र उपाध्यक्षमा सुनिता अधिकारीले विजयी हुनुभएको हो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उक्त पालिकामा एमालेबाट उहाँहरुले अध्यक्ष र उपाध्यक्ष जित्नुभएको थियो ।

अध्यक्ष लामाले पाँच हजार ६०८ मत ल्याउनुभएको थियो भने उहाँको निकटतम प्रतिद्वन्द्वी गठबन्धन नेकपा (माओवादी केन्द्र)का दोर्जे स्याङबोले चार हजार ४५ मत ल्याउनुभएको थियो ।

उपाध्यक्ष अधिकारीले पाँच हजार ७२२ मत प्राप्त गर्नुभयो भने उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गङ्गा चापागाईंले चार हजार ३९३ मत प्राप्त गर्नुभएको छ ।

एमालेले छ वटा, राप्रपाले एक र काँग्रेसले एक वडामा विजयी प्राप्त गरेको छ । १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा काँग्रेसले मेलम्ची नगरपालिका, बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, हेलम्बु गाउँपालिकामा विजयी भएको छ ।

त्यस्तै, एमालेले सुनकोशी गाउँपालिका, इन्द्रावती गाउँपालिका र पाँचपोखरी गाउँपालिका जितेको छ ।

यसैगरी, नेकपा (माओवादी केन्द्र) चौतारा साँगचोकगढी नगरपालिका, बलेफी गाउँपालिका, जुगल गाउँपालिका र लिसंखुपाखर गाउँपालिकामा विजयी भएको छ ।