• ५ जेठ २०८१, शनिबार

धनकुटाका पालिका प्रमुख तथा अध्यक्ष शपथग्रहण

blog

कबिराज घिमिरे
धनकुटा, जेठ ६ गते ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट धनकुटामा निर्वाचित प्रमुख तथा अध्यक्षले शपथग्रहण गर्नुभएको छ । जिल्लाका सात स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फडिन्द्रप्रसाद पराजुलीले नवनिर्वाचित प्रमुख तथा अध्यक्षलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

जिल्लाको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्, पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ र महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायमाझीले शपथग्रहण गर्नुभयो हो ।

त्यस्तै, छथरजोरपाटी गाँउपालिका अध्यक्ष छत्र सुब्बा, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, शहीदभूमि गाउँपालिका अध्यक्ष मनोज राई र चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ्घले पनि शपथ ग्रहण गर्नुभएको छ ।

स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षले पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै शुक्रबारदेखि नै आफ्नो पालिकामा पदभार ग्रहण गर्नुभएको छ ।

धनकुटाका सात स्थानीय तहमध्ये चारमा नेपाली काँग्रेस तथा तीन स्थानीय तहका प्रमुखमा एमाले विजयी भएका छन् ।