• ३ साउन २०८१, बिहिबार

नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षद्वारा पदभार ग्रहण

blog

पदभार ग्रहण गर्नुहुँदै अध्यक्ष राजसमझ चौधरी । तस्बिर सौजन्य: कुलराज चौधरी

अविनाश चौधरी

धनगढी, जेठ ६ गते । कैलालीको कैलारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । अध्यक्ष राजसमझ चौधरी र उपाध्यक्ष भगवती चौधरीले पदभार ग्रहण गर्नुभएको हो । 

वडा अध्यक्षहरुले भने आफ्नो वडामा समय मिलाएर पदभार ग्रहण गर्ने गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताउनुभयो । पदभार ग्रहण गर्नुभन्दा अगाडि गाउँपालिकाका अध्यक्ष चौधरीले उपाध्यक्षसहित वडा अध्यक्ष, सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको थियो । यसैगरी, निर्वाचित जनप्रतिनिधिलाई निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले विजयी भएको प्रमाणपत्र वितरण गर्नुभएको थियो । 

कैलारी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) लाई ‘क्लीन स्वीप’ गर्दै नेपाली काङ्ग्रेस विजयी भएको छ । १ देखि ९ सम्मको वडा अध्यक्षहरुमा क्रमशः ध्वज हरिपाल बोहरा, विकास चौधरी, सन्तराम चौधरी, ठगुराम चौधरी, विष्णुप्रसाद चौधरी, प्रेम चौधरी, दीपेन्द्र बम, तारामल कठरिया र खेमराज चौधरी निर्वाचित हुनुभएको छ ।