• ८ वैशाख २०८१, शनिबार

मिथिलामा प्रमुखमा काँग्रेस र उपप्रमुख एमाले विजयी

blog

नवनिर्वाचित नगर प्रमुख महेन्द्र महतो र उपप्रमुख सुनिता सिंह बुढाथोकी ।

विजयकुमार साह
ढल्केबर, जेठ ६ गते ।
धनुषाको मिथिला नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका महेन्द्र महतो विजयी हुनुभएको छ । उहाँले सात हजार ३२ मत ल्याएर विजय हुनुभएको हो ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का राजाराम महतोले छ हजार नौंसय ४१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, नगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले)का सुनीतासिंह बुढाथोकी विजयी बन्नुभएको छ । सात हजार ४२४ मत प्राप्त गर्दै उहाँ विजयी बन्नुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी निर्मला कोइरालाले छ हजार सात सय मत प्राप्त गर्नुभएको छ ।