• ४ जेठ २०८१, शुक्रबार

शिवराजको नगरप्रमुखमा राप्रपा र उपप्रमुखमा एमाले विजयी

blog

नारद कोहार
तौलिहवा, जेठ ६ गते ।
कपिलवस्तुको शिवराज नगरपालिकाको नगरप्रमुखमा राप्रपाका अजय थापा विजयी हुनुभएको छ । थापाले साात हजार ६०२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का महादेव पोख्रेलले सात हजार १२८ मत पाउनुभएको छ ।

नगर उपप्रमुखमा नेकपा (एमाले)का शिवकुमारी चौधरी सात हजार ९५५  मत प्राप्त गरी विजयी हुनुभएको छ  । चौधरीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शारखा कार्कीले छ हजार १८५ मत प्राप्त गर्नुभयो ।

११ वटा वडा रहेको शिवराज नगरपालिकामा नेपाली काँग्रेसले तीन, नेकपा एमालेले तीन, लोसपाले दुई, माओवादीले दुई र जसपाले एक वडाध्यक्ष जितेको छ ।