• ९ जेठ २०८१, बुधबार

झापामा महिला नगर प्रमुखको विजयी

blog

विष्णुप्रसाद पोखरेल
दमक, जेठ ६ गते ।
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन परिणाम अनुसार झापाको विर्तामोड नगरप्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएका छन् ।

विर्तामोड नगरपालिकाको प्रमुखमा पवित्रा महतरा प्रसाई १६ हजार ५२० मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भोजराज सिटौलालाई पराजित गर्दै उहाँ नगर प्रमुख बन्नुभएको हो । नगरप्रमुखमा विजयी हुनुभएको प्रसाई निवर्तमान उपप्रमुख रहनुभएको थियो । सिटौलाले १२ हजार ७६२ मत ल्याउनुभएको छ ।

यसैगरी, उपप्रमुखमा एमाले नेता नगेन्द्र संग्रौला १५ हजार ५८६ मत ल्याएर निर्वाचित हुनुभएको छ । गठबन्धको तर्फबाट उपप्रमुखको उम्मेदवार माओवादी केन्द्रका नेता सीपी कडरियालाई हराउँदै संग्रौला उपप्रमुखमा निर्वाचित बन्नुभएको हो। कडरियाले आठ हजार ४५१ मत प्राप्त गर्नुभएको छ ।