• १२ असार २०८१, बुधबार

निर्वाचित जनप्रतिनिधिलाई शपथ ग्रहणसँगै प्रमाणपत्र वितरण

blog

प्रतीक इच्छुक शर्मा
सल्यान, जेठ ६ गते ।
सल्यानमा नर्वाचित जनप्रतिनिधिहरुलाई शपथ ग्रहणसँगै प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले सदरमुकाख खङ्लगामा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण गराउनुभएको हो ।

वनगाडकुपिण्डे नगरपालिका प्रमुखमा कर्णबहादुर बुढाथोकी, शारदा नगरपालिका नगरप्रमुखमा  प्रकाश भण्डारी, वागचौर नगरपालिका प्रमुखमा जनकराज गौतम, दार्मा गाउँपालिकाका अध्यक्षमा निमबहादुर केसी, त्रिबेणी गाउँपालिकाका अध्यक्षमा खिमबहादुर रावत र कपुरकोट गाउँपालिकाका दुर्गाबहादुर पुन र कुमाख गाउँपालिकाका अध्यक्षमा मानबहादुर बुढाथोकीलाई सपथ ग्रहण गराउनुभएको छ । 

यस्तै,  छत्रेश्वरी गाउँपालिका अध्यक्षमा ओजबहादुर बुढाथोकी, कालिमाटी गाउँपालिका अध्यक्षमा दानबहादुर केसी, सिद्धकुमाख गाउँपालिका अध्यक्षमा भरत गिरीले सपथ लिनुभएको छ । 

मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

संविधानले दिएको अधिकारलाई प्रयोग गरी स्थानीय तहमा छिटोछरितो सेवा प्रभाव गरी सफल बन्न निर्वाचित जनप्रतिनिधिलाई पाण्डेले आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवहाक प्रमुख हरिप्रकाश बुढाथोकी, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, शारदा नगरपालिका निर्वतमान नगरप्रमुख सुरेश अधिकारी लगायतले शुभकामनासहित बधाई व्यक्त गर्नुभएको थियो ।