• १३ साउन २०८१, आइतबार

कागेश्वरी मनोहरा नगरप्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी

blog

काठमाडौं, जेठ ६ गते । काठमाडौंको कागेश्वरी मनोहरा नगरप्रमुखमा नेपाली काँग्रेसका उपेन्द्र कार्की विजयी हुनुभएको छ । उहाँ ११ हजार ३२२ मतसहित विजयी हुनुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार कार्कीका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रामशरण ढुङ्गानाले आठ हजार २६३ मत ल्याउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) का कृष्ण हरी थापाले तीन हजार ५५६, राप्रपाका राजु फुयाँलले एक हजार ४१८ मत ल्याउनुभयो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपप्रमुखमा एमालेकी शान्ता थापा नौ हजार ९७५ मतसहित विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का भोला चापागाईंलेले पाँच हजार ४२२ मत ल्याउनभयो । एकीकृत समाजवादीकि सरस्वती नेपालले दुई हजार ६९३, राप्रपाकी सरिता बजगाई चापागाईंले दुई हजार २५८ मत प्राप्त गर्नुभयो ।

कागेश्वरी मनोहरा  १ को अध्यक्षमा एमालेका मुकुन्द प्रसाद गजुरेल, २ मा कांग्रेसका सुरज खड्का, ३ मा एमालेका राममणि पुडासैनी, ४ मा एमालेका विजय श्रेष्ठ, ५ मा काँग्रेसका शङ्कर पाण्डे,  ६ मा एकीकृत समाजवादीका प्रकाश फुयाँल, ७ मा काँग्रेसका भीमसेन थापा, ८ मा काँग्रेसका हरिभक्त पुडासैनी र वडा ९ को अध्यक्षमा अनिल थापा विजयी हुनुभएको छ ।