• १२ असार २०८१, बुधबार

निर्वाचित जनप्रतिनिधिलाई शपथ तथा प्रमाणपत्र

blog

हरिकृष्ण ऐडी 

मुगु, जेठ ६ गते । जिल्लाका चारवटा  स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ  । छायाँनाथ रारा नगरपालिकामा निर्वाचित सबै पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृतको कार्यालय गमगढीले जनाएको छ । नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष , वडा अध्यक्ष , वडा सदश्यलाई प्रमाणपत्र प्रदान गरिएको हो । 

जिल्लाको समन्वय समितिको हलमा मुख्य  निर्वाचन कार्यालयबाट आज दिउँसो कार्यक्रम आयोजना गरी छायाँनाथ रारा नगरपालिकाका  प्रमुख  लगायत  खत्याड गाउँपालिका अध्यक्ष, सोरु गाउँपालिका अध्यक्ष र मुगमकार्मारोङ गाउँपालिकाका निर्वाचित पदाधिकारीलाई मुख्य निर्वाचन कार्यालयका अधिकुत पुण्यप्रसाद सापकोटाले शपथ खुवाउनुभयो ।