• ५ जेठ २०८१, शनिबार

झापाको गौरादहमा मतगणना प्रभावित

blog

विष्णुप्रसाद पोखरेल
दमक, जेठ ६ गते ।
झापाको गौरादह नगरपालिकाको वडा नं. ७ मा नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेदवार बलराम खरेलले एक मत अन्तरले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेपछि विवाद सिर्जना भएको छ ।

गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवार रहनुभएका दिलनाथ कटवालले पुनः मतगणना माग गरेपछि विवाद सिर्जना भएको हो । एक मतको अन्तरमा पराजित भएपछि उहाँले पुनः मतगणना हुनुपर्ने माग गर्नुभएको हो ।

विवादित वडा न ७ को नतिजाको पुनः मतगणना नभएसम्म बाँकी ८ र ९ न वडाको मतगणनामा गठबन्धन दलका प्रतिनिधि नबस्ने भनेर बाहिरिएपछि मतगणना प्रभावित बनेको हो ।

दुईवटा वडाको मात्र मतगणना बाँकी  छ । यहाँ नेकपा एमाले र गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा चलिरहेको छ । गौरादह नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पर्दछ ।