• १३ साउन २०८१, आइतबार

ललितपुर महानगरपालिका ९ मा कांग्रेसका महर्जन र १४ मा महत विजयी

blog

ललितपुर,  जेठ ६ गते । ललितपुर महानगरपालिका–९ मा नेपाली कांग्रेसका राजु महर्जन विजयी हुनुभएको छ । उहाँले दुई हजार ५०७ मत ल्याउनुभयो  ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का सुनिल महर्जनले एक हजार २५५ मत प्राप्त गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का दीपेन्द्र श्रेष्ठले ४७ मत प्राप्त गर्नुभयो ।

सो वडाको महिला सदस्यमा काँग्रेसका सानू महर्जन, दलित महिला सदस्यमा कांग्रेसका सृजना भुजेल र सदस्यद्वयमा पनि काँग्रेसका हेरा काजी ब्यञ्जनकार र  अमिर महर्जन विजयी हुनुभयो ।

यसैगरी, वडा नं .१४ को अध्यक्षमा कांग्रेसका अमृतजङ्ग महत विजयी हुनुभयो । उहाँले एक हजार २८१ मत ल्याउनुभयो । महतका निकटतम प्रतिद्वन्द्वी एमालेका नौराज राईले ९७० मत प्राप्त गर्नुभयो ।

सो वडाको महिला सदस्यमा एमालेकी सहनशीला कार्की, दलित महिला सदस्यमा एमालेकी सङ्गीता अछामी र सदस्यद्वयमा कांग्रेसका कुबेर के.सी. र एमालेका सनत कार्की विजयी हुनुभएको छ।