• ९ मंसिर २०८१, आइतबार

वीरगञ्ज महानगरमा गठबन्धनको अग्रता कायमै

blog

वीरगञ्ज, जेठ ८ गते । पर्साको वीरगञ्ज महानगरपालिकाको  पछिल्लो मतगणनाअनुसार नगरप्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ३२ हजार १५८ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा  नेकपा (एमाले)का  विजयकुमार सरावगी १६ हजार ८२२ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

महानगरपालिकाका ३२ वडा मध्ये  विभिन्न १५  वडाका  ६५ हजार ५३३ मत मतगणना सम्पन्न भएको छ । मतणना गर्न लामो समय लाग्ने भएका कारण अन्तिम नतिजा आउन केही दिन लाग्नेछ ।

मधेस प्रदेशको एकमात्र महानगरपालिका नेतृत्वका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र  जनता समाजवादी पार्टी (जसपा)बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको थियो भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीचको  गठबन्धनबाट निवर्तमान नगरप्रमुख सरावगीलाई उम्मेदवार बनाएको थियो ।