शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राधा लुइटेल
फिदिम, वैशाख ९ गते । बाँस ढाल्ने क्रममा करेन्ट लागेर पाँचथरको हिलिहाङ–७ मा एक जना नागरिकको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा पाँचथरको हिलिहाङ गाउँपालिका–७, सम्नेवा निवासी ५८ वर्षीय डम्बर योन्जन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । तामाङलाई घरायसी प्रयोजनका लागि बाँस काट्ने क्रममा करेन्ट लाग्दा घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिषकुमार कर्णले जानकारी दिनुभयो ।
मृतकको शव घट्नास्थलको पकृति मुचुल्का पश्चात पोस्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।