• ९ वैशाख २०८३, बुधबार

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, शिशुसहित तीन घाइते

blog

विजयकुमार साह    
ढल्केबर, वैशाख ९ गते ।
धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने आठ महिनाको शिशुसहित तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पूर्वतर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकलले मङ्गलबार राति करिब ८ बजे पैदल हिँडिरहेकी मिथिला नगरपालिका–६, ढल्केबरकी ३१ वर्षीया बिनिता कुमारी महतोको ठक्करबाट मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएकी महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

ठक्करबाट मृतक महिलाकी आठ महिनाकी काँखे बालिका र १६ वर्षीया अनुष्का कुमारी महतोसमेत घाइते हुनुभएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेशबहादुर बलमे उक्त जानकारी दिनुभयो।

मोटरसाइकल चालक मिथिला नगरपालिका–८, जमुनिवासका ३२ वर्षीय प्रकाश थिङ पनि घाइते भएको प्रहरीले जनाएको छ। घाइते तीनै जनाको ढल्केबरस्थित निजी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।