• ४ जेठ २०८१, शुक्रबार

पोखरा महानगरको मतगणना रोकियो

blog

सन्तोष सुवेदी
कास्की, जेठ १० गते।
पोखरा महानगरको मतगणना रोकिएको छ। एमालेतर्फका प्रतिनिधि मतगणना छोडेर हिँडेपछि पोखरा महानगरको मतगणना स्थगित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

महानगरपालिकाको वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मतगणना गर्न माग गरेको छ। वडा नम्बर १८ मा एमाले ३ मतले नेपाली कांग्रेससँग पराजित भएको थियो। 

उक्त वडामा ३२ सय ९२ मतमध्ये एमालेले १६ सय ४० र कांग्रेसले १६ सय ४३ मत प्राप्त गरेको छ। मुचुल्कामा भन्दा ९ मत कम भेटिएको थियो। पछिल्लो समय वडा नम्बर २२, ३२ र ३३ को मतगणना भइरहेको थियो।