• ५ जेठ २०८१, शनिबार

रम्भा गाउँपालिकामा एमाले विजयी

blog

रम्भा गाउँपालिकामा निर्वाचित अध्यक्ष विष्णुप्रसाद भण्डारी । तस्विरः रेखीराम राना

पाल्पा, जेठ ९ गते । रम्भा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी हुनुभएको छ । एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका विष्णुप्रसाद भण्डारी र उपाध्यक्षका उम्मेदवार राधाकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको हो । 

भण्डारीले पाँच हजार ५८६ मत प्राप्त गरी रम्भा गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि विजयी हुनुभएको हो । भण्डारीका निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का दुर्गा अधिकारीले चार हजार ५४२ मत प्राप्त गर्नुभएको थियो । 

यस्तै उपाध्यक्षमा विजयी श्रेष्ठले पाँच हजार ७१९ मत प्राप्त गर्नुभएको थियो । श्रेष्ठसँग प्रतिस्पर्धामा रहनुभएका काङ्ग्रेसका विष्णुबहादुर थापाले पाँच हजार ५८ मत मात्रै ल्याउनुभएको थियो । श्रेष्ठ पनि दोस्रो कार्यकालका लागि उपाध्यक्षमा निर्वाचिन हुनुभएको हो । रम्भा गाउँपालिकाको वडा नं. २, ४ र ५ मा एमालेका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । यस्तै वडा नं. १ र ३ मा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

रम्भामा मत गणनामा बिवाद भएपछि केही दिन मतगणना रोकिएको थियो ।  

Author

रेखीराम राना