• ७ जेठ २०८१, सोमबार

७२७ पालिकामा कांग्रेस ३२०, एमाले १९८ र माओवादी केन्द्र १२० मा विजयी

blog

काठमाडौं, जेठ ९ गते । स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७२७ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले ३२० पालिका जितेको छ भने नेकपा एमालेले १९८ पालिका जितेको छ । यसैगरी, नेकपा माओवादी केन्द्रले १२० पालिका जित्दा नेकपा एकीकृत समाजवादीले नौ, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ५९ पालिका जितेका छन् ।

सोमबार बिहान ११ बजेसम्म निर्वाचन आयोगको केन्द्रीकृत डेटामा समाविष्ट तथ्याङ्कअनुसार नेपाली कांग्रेसले १३२ पालिकामा प्रमुख पद जितेको छ भने पाँच पालिकामा अग्रता लिएको छ ।

यस्तै, नेकपा एमालेले ७६ पालिकामा प्रमुख पद जितेको छ भने छ पालिकामा अग्रता लिएको छ । नेकपा माओवादी केन्द्रले २४ पालिकामा प्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीले नौ पालिकामा प्रमुख पद जित्दा दुई पालिकामा अग्रता कायम गरेको छ। 

यस्तै, अन्य पार्टीले २८ पालिकामा प्रमुख पद जितेको छ भने सात पालिकामा अग्रता बनाएको छ।

गाउँपालिकातर्फ कांग्रेसले १८८ पालिकामा अध्यक्ष पद जितेको छ भने कुनै पालिकामा अग्रता बनाएको छैन । एमालेले १२२ पालिकामा अध्यक्ष पद जितेको छ भने एक पालिकामा अग्रता लिएको छ।

माओवादी केन्द्रले ९६ पालिकामा अध्यक्ष पद जितेको छ भने कुनै पनि पालिकामा अग्रता लिएको छैन। 

जनता समाजवादी पार्टीले २१ पालिकामा अध्यक्ष पद जितको छ भने कुनै पालिकामा  अग्रता लिएको छैन । यस्तै, अन्य पार्टीले ३१ पालिकामा अध्यक्ष पद जितेको भने एक पालिकामा अग्रता लिएको छ।

यस्तै, कांगेसले १०४ पालिकामा उपप्रमुख पद जितेको छ भने पाँच पालिकामा अग्रता लिएको छ। यस्तै, एमालेले १०१ पालिकामा उपप्रमुख पद जितेको छ भने ११ पालिकामा अग्रता लिएको छ।

माओवादी केन्द्रले ३३ पालिकामा उपप्रमुख पद जितेर एक पालिकामा अग्रता लिएको छ। जनता समाजवादीले ११ पालिकामा उपप्रमुख पद जितेर दुई पालिकामा अग्रता कायम राखेको छ। अन्यले २० पालिकामा उपप्रमुख पद जितेका छन् भने तीन पालिकामा अग्रता लिएका छन्।

यस्तै, कांग्रेसले १८९ पालिकामा उपाध्यक्ष पद जितेको छ भने एक पालिकामा अग्रता बनाएको छ। एमालेले १२५ पालिकामा उपाध्यक्ष पद जितेको छ भने एक पालिकामा अग्रता लिएको  छ।

माओवादी केन्द्रले ९५ पालिकामा उपाध्यक्ष पद जितेको छ भने कुनै पालिकामा अग्रता लिएको छैन । जनता समाजवादी पार्टीले १९ पालिकामा उपाध्यक्ष पद जितेको छ भने कुनै पालिकामा अग्रता बनाएको छैन ।

अन्यले २९ पालिकामा उपाध्यक्ष पद जितेका छन् भने एक पालिकामा अग्रता लिएका छन्। यस्तै, कांग्रेसले दुई हजार ५९९ वटा वडामा अध्यक्ष जितेर ११ वटा वडामा अग्रता लिइरहेको छ।

एमालेले दुई हजार ७६ वटा वडा जित्दा आठ वडामा अग्रता लिइरहेको छ। नेकपा माओवादी केन्द्रले एक हजार ४१ वटा वडामा अध्यक्ष जितेको छ। चार वटा वडामा उसले अग्रता लिइरहेको छ।

यस्तै, जनता समाजवादी पार्टीले २८२ वटा वडामा अध्यक्ष जितेको छ भने एक वटा वडामा अग्रता लिइरहेको छ। अन्यले ५७२ वटा वडा जितेका छन् भने दुई वटामा अग्रता लिएका छन्।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।