• १३ वैशाख २०८१, बिहिबार

हुम्लामा २० प्रतिशत मत बदर

blog

मतदान गर्दै हुम्लाका मतदाता । तस्विरः राजन रावत

हुुम्ला, जेठ ९ गते । जिल्लामा खसेको मतमध्ये २० दशमलव ८९ प्रतिशत मत बदर भएकाे छ । सात वटै गाउँपालिकाका ५४ वटा मतदान केन्द्रमा खसेको एक लाख ४९ हजार २८३ मतमा २६ हजार ९५२ मत बदर भएको मुुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले जानकारी दिनुभयो । 

यस पटकको स्थानीय तह निर्वाचनमा २०७४ सालको भन्दा चार प्रतिशतभन्दा बढी मत बदर भएको पाइएको छ । आयोगले मतदाता शिक्षाको व्यवस्था नगर्नु र राजनीति दलहरुबाट पनि मतदातालाई मतदानप्रति चासो नदिएका कारण ठुुलो सङ्ख्यामा मत बदर राजनितीक दलका अगुवाहरुले जनाएका छन् । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा १६ प्रतिशत मत बदर रहेको थियो । जिल्ला निर्वाचन कार्यालयले समग्र रुपमा निकालेको बदर मत विवरण अनुुसार जिल्लाका सात वटै गाउँपालिकाको सात वटै पदमा खसेको मत बदर रहेको पाईएको कार्यालयका सूचना अधिकारी श्यामबहादुुर रानाले बताउनुभयो । 

मतदान केन्द्रगत हिसावमा ३२ प्रतिशतसम्म बदर मत भएको पाएको छ । मुख्य निर्वाचन अधिकृत पौडेलले यसरी २०७४ सालको निर्वाचनमा भन्दा यस पटक बदर मत सङ्ख्या बढी हुनुुमा आयोगले मतदाता शिक्षा कार्यक्रम नल्याउनुु र उम्मेदवारी दिएका राजनीतिक दलहबाट पनि मतदाता शिक्षामा ध्यान जान नसक्नुु रहेको बताउनुुभयो । उहाँले आगामी निर्वाचनमा अनिवार्य मतदाता शिक्षाको आवश्यकता खड्किएकोले आयोगले पनि त्यसै अनुुसार व्यवस्था गर्नुपर्ने बताउनुुभयो ।




Author

राजन रावत