• ७ वैशाख २०८१, शुक्रबार

भीमदत्त नगरपालिका प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

blog

लक्ष्मणदत्त पन्त
महेन्द्रनगर, जेठ ९ गते ।
भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । १९ वडा रहेको पालिकामा १३ वडासहित प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएको हो ।

प्रमुखमा १५ हजार ८८२ मत प्राप्त गर्दै कांग्रेसका पदम बोगटी निर्वाचित हुनुभएको छ ।  २०७४ को निर्वाचनमा उहाँ एमालेका सुरेन्द्र बिष्टसँग पराजित हुनुभएको थियो ।

उहाँका निकटतम प्रद्विन्द्वी नेकपा (एमाले)का महेशप्रसाद पन्तले आठ हजार १७९, राप्रपाका गजेन्द्रबहादुर चन्दले सात हजार १०५, नेकपा (एकीकृत समाजवादी)का  राजेन्द्र पाण्डेयले तीन हजार ४५२ मत प्राप्त गर्नुभयो । 

यस्तै, उपप्रमुखमा कांग्रेसका उम्मेदवा निलम जोशी विजयी हुनुभएको छ । उहाँले १२ हजार २१६ मत पाउनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार कृष्णदत्त जोशीले १० हजार ५९६, एमालेकी भुवन कुँवर केसीले सात हजार ९९० र राप्रपाकी हेलन श्रेष्ठले चार हजार ७७२ मत प्राप्त गर्नुभयो ।

१९ वडा रहेको भीमदत्तमा १३ वडा नेपाली कांग्रेस, तीन वडामा एमाले, दुई वडामा माओवादी र एक वडामा स्वतन्त्र उम्मेदवाले जितेका छन् ।

कांग्रेसले जितेका वडा अध्यक्षमा वडा नं. १ मा आषेफ कुँवर, २ मा उत्तमपसाद भट्ट, ३ मा गगनसिंह धामी, ४ मा सुशीलकुमार भट्ट, ५ मा पदमराज अवस्थी, ६ मा महेन्द्र खड्का, ८ मा मदनराज मिश्र, १० मा महेश चन्द, ११ मा प्रकाश थापा, १२ मा भूपेन्द्रसिंह रावल, १५ मा भुवनराज भट्ट, १६ मा केशवसिंह बिष्ट, १७ मा पदमसिंह बुढा छन् ।

यस्तै, एमालेले जितेका वडा अध्यक्षमा वडा नं ७ मा गणेशबहादुर चन्द, ९ मा गगनसिंह कार्की, १८ मा रवीन्द्रप्रसाद देवकोटा छन् । माओवादीले जितेका अध्यक्षमा वडा नं. १४ मा भोजराज जोशी, १९ मा जगुराम थारु चौधरी छन् भने वडा नं. १३ मा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहोराले जित हात पार्नुभएको छ ।