• ३ साउन २०८१, बिहिबार

तुलसीपुुरमा एमालेका उम्मेदवार विजयी

blog

गोकर्ण पौडेल

तुलसीपुर, जेठ ११ गते । तुलसीपुर उपमहानगरपालिकाको प्रमुख उपप्रमुख दुवै पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी हुनुभएको छ । एमालेबाट प्रमुख पदका उम्मेदवार टीकाराम खडकाले ३१ हजार चार सय आठ मत प्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट काँग्रेसका गेहेन्द्र गिरीले २७ हजार सात सय १६ मत प्राप्त गर्नुभयो । मतान्तर तीन हजार छ सय ३७  रहेको छ ।

त्यस्तै, उपप्रमुखमा एमालेकै स्यानी चौधरीले ३० हजार पाँच सय ९७ मत प्राप्त गर्नुभएको छ । गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का जोगबहादुर राणाले २१ हजार एक सय ६५ मत प्राप्त गर्नुभएको छ । मतान्तर नौ हजार ५३२ मत रहेको छ । तुलसीपुरका १९ वटामध्ये एमालेले १० वटामा जित हासिल गरेको छ । २, ३, ६, ८, १०, ११, १३, १५, १८ र १९ नम्बर वडाको नेतृत्वमा जीत हासिल गरेको छ ।

सोहीअनुसार, काँग्रेसले चारवटा वडामा जित हासिल गरेको छ । काँग्रेसले ५, ७, ९ र १४ मा वडा नेतृत्वमा जित हासिल गरेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले तीन वटा वडा  १, ४ र १२ मा जितेको छ । 

वडा नम्बर १६ मा स्वतन्त्रका उम्मेदवारले वडाध्यक्षमा जितेका छन् ।  तुलसीपुरमा काँग्रेस, माओवादी केन्द्र, जनमोर्चा र एकीकृत समाजवादी गठबन्धनमा छन् । एमालेले एक्लै चुनावी मैदानमा थियो ।  तुलसीपुर एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव शंकर पोखरेलको गृह नगर हो ।

दाङमा एमालेले दुईवटै उपमहानगरमा जित हात पार्न सफल भएको छ । तुलसीपुरमा २०५४, २०७४ मा पनि एमालेले नेतृत्वमा विजयी हासिल गरेको थियो ।