• १८ असार २०८१, मङ्गलबार

काठमाडौं महानगरपालिका १३ मा एमालेका मानन्धर विजयी

blog

काठमाडौं, जेठ १२ गते । काठमाडौं महानगरपालिका १३ मा नेकपा (एमाले) का ध्रुव नारायण मानन्धर विजयी हुनुभएको छ । उहाँले तीन हजार १२४ मत ल्याउनुभयो । 

निर्वाचन अधिकृतको कार्यालय अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्र मानन्धरले दुई हजार ६५४ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा रजनी महर्जन (धौवान्जार) दुई हजार ८४१ मतसहित विजयी हुनुभयो । दलित महिला सदस्यमा एमालेका मैयाँ देउला र सदस्यद्वयमा एमालेका रुपेश महर्जन र एमालेका राम बाबू कोइराला विजयी हुनुभयो ।