• १८ असार २०८१, मङ्गलबार

काठमाडौं महानगर–१५ मा एकीकृत समाजवादीका डङ्गोल विजयी

blog

काठमाडौं, जेठ १२ गते । काठमाडौं महानगरपालिका–१५ को वडाअध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का ईश्वरमान डङ्गोल विजयी हुनुभएको छ । उहाँले तीन हजार ४७४ मत ल्याउनुभयो ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन डङ्गोलले एक जार ५७५ मत प्राप्त गर्नुभयो ।

सो वडाको महिला सदस्यमा एकीकृत समाजवादीकी मैया लक्ष्मी महर्जन दुई हजार ८२६ मतसहित, दलित महिला सदस्यमा एकीकृत समाजवादीकी रिता मिजार दुई हजार ५३४ र सदस्यद्वयमा पनि एकीकृत समाजवादीकै अपसरा खत्री दुई हजार ४३ र विजु श्रेष्ठ एक हजार ९६८ मतसहित विजयी हुनुभएको छ ।