• १९ असार २०८१, बुधबार

काठमाडौं १७ मा कांग्रेसका मानन्धर विजयी

blog

काठमाडौं महानगरपालिका वार्ड नम्बर १७ का अध्यक्ष नवीन मानन्धर

काठमाडौं, जेठ १२ गते । काठमाडौं महानगरपालिका वार्ड नम्बर १७ को वडाअध्यक्षमा नेपाली कांग्रेसका नवीन मानन्धर विजयी  हुनुभएको छ । उहाँले दुई हजार ७०८ मत ल्याउनुभयो ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मचाराजा महर्जनले एक हजार ४३१ मत प्राप्त गर्नुभयो । सो वडाको महिला सदस्यमा कांग्रेसका कमला महर्जन, दलित महिला सदस्यमा कांग्रेसका कविता दास, सदस्यद्वयमा कांग्रेसका जितेन्द्र खड्गी र कांग्रेसका शम्भु पोडे निर्वाचित हुनुभएको छ ।