शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, जेठ १२ गते । काठमाडौं महानगरपालिकाको मतगणनाको क्रम अन्तिम चरणमा छ । निर्वाचन अधिकृतको कार्यालय अनुसार अब तीन मतपेटिका गणना हुन मात्रै बाँकी छ ।
बाँकी रहेका तीन वडामध्ये भर्खर सार्वजनिक भएको मतपरिणाम अनुसार महानगरको १६ को वडाअध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी हुनुभएको छ । उहाँले चार हजार १९ मत प्राप्त गर्नुभयो ।
उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लक्ष्मीरतन तुलाधरले तीन हजार ३१० मत ल्याउनुभयो ।
महिला सदस्यमा एमालेकी शारदा सुवेदी, दलित महिला सदस्यमा एमालेका मनिता विश्वकर्मा र सदस्यद्वयमा एमालेका पुष्प महर्जन र एमालेका हर्कबहादुर खाती निर्वाचित हुनुभएको छ ।
अहिले वडा नं. १४ र १५ को मतगणना भइरहेको छ ।
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...