• ८ असार २०८१, शनिबार

आठ वटा वडामा दलित महिला सदस्य खाली

blog

नाम्खा गाउँपालिकामा निर्वाचित दलित सदस्य महिला । तस्विरः राजन रावत

हुुम्ला जेठ १३ गते । जिल्लाका दुुई वटा गाउँपालिकाका आठ वटा वडामा दलित महिला सदस्य खाली रहेको छ । उक्त वडाहरुमा दलित घरधुरीको वसोवास नरहेको कारण दलित महिला सदस्यमा मनोनयन दर्ता नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

नाँम्खा र चङ्खेली गाउँपालिकाका गरि आठ वटा वडामा दलित महिला सदस्य पद खाली रहेको छ । जिल्ला निर्वाचन कार्यालयले तयार पारेको ४४ वटै वडामा निर्वाचित जनप्रतिनिधिहरुको बिवरणमा यो पद खाली भएको पाइएको छ । 

यसरी दलित महिला सदस्य पद खाली हुने वडाहरुमा नाम्खा गाउँपालिकाका १, २,३,४,५ र ६ रहेका छन् भने र चङ्खेली गाउँपालिका १ र ५ नम्बर वडा रहेका छन् । ती वडामा चार/चार जना जनप्रतिनिधि निर्वाचित हुनुु भएको छ । यसअघि सात वटा वडामा दलित महिला पदमा उम्मेदवारी परेको सार्वजनिक भएपनि अहिले चंखेली १ मा पनि उक्त पद खाली देखिएको छ । दलित महिला सदस्यको पद खाली भएपछि हुुम्लामा वडा अनुुसार हुुनुु पर्ने जनप्रतिनिधिहरुको संख्या पनि कम भएको छ ।

Author

राजन रावत