• ४ वैशाख २०८१, मङ्गलबार

‘विकास निमार्णको सवालमा राजनीति भन्दामाथि उठेर काम गर्नुहोस्’

blog

जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित पदाअधिकारीको शपथ ग्रहण कार्यक्रममा सहभागी नेता निधि सहितका अतिथि। तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 
धनुषा, जेठ १२ गते।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधिले जनप्रतिनिधिलाई विकास निमार्णको सवालमा राजनीति भन्दामाथि उठेर कामकाज गर्न आग्रह गर्नु भएको छ।

 जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित पदाअधिकारीको शपथ ग्रहण कार्यक्रमलाई  बिहीबार सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले जनकपुरधाम प्राचिन मिथिलाको राजधानीसमेत रहेको र राजा जनकको राज्यमा कसैसँग भेदभाव नभएको भन्दै जनकपुरधाममा बसोबास गर्ने हरेक समुदाय र जातजाती बीचको समधुर सम्बन्धलाई अझ बढी सुदृढ पार्दै जनप्रतिनिधिले कसैसँग भेदभाव गर्न नहुने बताउनुभयो। 

कार्यक्रमको अध्यक्षता गर्दै जनकपुरधाम उपमहानगरपालिकाका नव निर्वाचित नगर प्रमुख मनोज साहले नगरको फोहर व्यवस्थापन, शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता बनाएर अगामी दिनमा नगरपालिकाले कामकाज गर्ने बताउनुभयो।