• ४ वैशाख २०८१, मङ्गलबार

बाजुराको बुढीगंगा नगरपालिकाको मतदान रद्द, पुनः मतदान हुने

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १२ गते । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगको आजको निर्णयअनुसार सो नगरपालिकाको निर्वाचन केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको हो । 

आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलकाअनुसार सो नगरपालिकामा यसअघि वैशाख ३० गते भएको निर्वाचन निष्पक्ष हुन नसकेकाले मतदान रद्द गरी पुनः मतदान गर्ने निर्णय गरेको छ । सो नगरपालिकाभित्र यथाशीघ्र मतदान गर्ने मिति र समय तोकी मतदान गराउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन गरेको छ । 

यसैगरी बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, त्यहाँका प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझा र सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षक दीपक विष्टलाई तीन दिन भित्र हटाई सो ठाउँमा जिम्मेवार कर्मचारीलाई खटाउन आयोगले सरकारलाई भनेको छ । उहाँहरुले निर्वाचनमा गम्भीर लापरवाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेको आयोगको ठहर छ । 

ती पदाधिकारीहरुलाई तीन महिनाभित्र विभागीय कारवाही गरी आयोगलाई जानकारी गराउन पनि आयोगले सरकारलाई भनेको छ ।