बिउ उत्पादन तथा प्रविधिका बारेमा किसानलाई तालिम
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले तरकारी बालीको बिउ उत्पादन तथा वर्णशङ्कर प्रविधिसम्बन्धी किसानलाई तालिम दिइरहेको छ । नार्क अन्तर्गतको राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रले किसानलाई अवासीय तालिम दिइरहेको छ । सात दिनसम्म चल्ने सो तालिम नार्कको खुमलटारस्थित राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको सभा हलमा दिइरहेको छ । जेठ १६ गतेदेखि सुरु भएको तालिमको उद्घाटन नार्कका कार्यकारी निर्देशक डा. सुरेन्द्रलाल श्रेष्ठले गर्नुभएको थियो ।
दुध उत्पादक किसानलाई शीघ्र भुक्तानीको व्यवस्था गरिनेछ : मन्त्री साह
कृषि, पशुपन्क्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताउनुभएको छ ।
ओखलढुङ्गाका किसानलाई चौरी
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाका चौरी पालक किसानलाई चौरी हस्तान्तरण गरिएको छ । चौरी पालन गर्ने ११ जना कृषकलाई ९५ वटा चौरी हस्तान्तरण गरिएको हो ।
मुसहरनियाका किसानलाई धानको बीउ वितरण
उत्पादकत्व बढाउने उद्देश्यले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले किसानलाई निःशुल्क उन्नत जातको धानको बीउ वितरण गरेको छ ।
दुई सय १० कृषकलाई मिनिटिलर वितरण
सुनकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाका दुई सय १० कृषकलाई मिनिटिलर वितरण गरेको छ ।
गुल्मीमा ड्रागन खेतीमा आकर्षण
गुल्मीमा ड्रागन खेतीमा आकर्षण बढ्न थालेको छ । केही वर्ष अघिसम्म परीक्षणको रूपमा ड्रागन खेती सुरु गरेका यस जिल्लाका केही किसानहरूले अहिले व्यावसायिक रूपमा ड्रागन खेती गर्न थालेका छन् ।
किवी खेतीबाट वार्षिक १० लाखभन्दा बढी आम्दानी
शैलुङ गाउँपालिका ३ बिरौटाका हरि बहादुर कार्की किवी खेती सुरु गर्नुभएको पाँच वर्ष भयो । काठमाडौँमा होटल रेस्टुरेन्ट लगायत अरू व्यवसाय गर्दै आउनुभएका उहाँ अरू जिल्लामा किवी खेती गरेको देखेपछि उहाँलाई किवी खेती गर्न तर्फ आकर्षण बढेको थियो ।
कटहरिमा मिनी शीतभण्डार स्थापना
मोरङको कटहरि–१ मा १५ मेट्रिक टन क्षमताको मिनी शीत भण्डार निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि परियोजनाको ८० प्रतिशत अनुदान र गाउँपालिकाको २० प्रतिशत लगानीमा शीतभण्डार निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताउनुभयो ।
आधुनिकीकरण गर्न किसानलाई हाते ट्याक्टर वितरण
म्याग्दीको रघुगंगा गाउँपालिकाले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्न किसानलाई कृषि उपकरण वितरण गरेको छ ।
चौबिसौँ विश्व दुध दिवस किसानले पाएनन् भुक्तानी
विश्वले दुध दिवस मनाइरहेका बेला नेपालका दुध किसानले साढे तीन अर्ब रुपियाँ बक्यौता रकम भुक्तानी पाएका छैनन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको अध्ययन समितिले तयार पारेको प्रतिवेदन अनुसार दुध किसानलाई तीन अर्ब ४० करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
किसानलाई मिनिटिलर प्रदान
सुनकोशी गाउँपालिकाको ५० प्रतिशत अनुदानमा दुई सय १० जना कृषकलाई मिनिटिलर (हाते ट्याक्टर) उपलब्ध गराएको छ ।
सुपारी प्रशोधनका लागि ४० लाख अनुदान
झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि ४० लाख अनुदान उपलब्ध गराएको हो ।
तरकारी खेतीबाट वार्षिक ५० लाख कमाउँदै ‘बक्सिङ’ प्रशिक्षक थापा
दाङ तुलसीपुर उपमहानगरपालिका-१२ डोक्रेनामा १० बिघा जग्गामा बक्सिङ खेलाडी राजु थापाले व्यावसायिक तरकारीखेती गर्नुभएको छ । दिउँसो र साँझ जागिर र होटेलतिर व्यस्त भए पनि बिहानको समय तरकारी खेतीलाई दिने गरेको उहाँ बताउनुहुन्छ ।
अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु
नेपालमा कुखुरा पालन क्षेत्रमा नवीनतम अत्याधुनिक प्रविधिहरूको प्रयोग भित्र्याउन सहयोग पुर्याउने उद्देश्यले भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु भएको छ ।
ढकमक्क फूलेको ‘ड्रागन फ्रुट’
सुर्खेतको गुर्भाकोट नगरपालिका –१४, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा ढकमक्क फूलेको ‘ड्रागन फ्रुट’ । ड्रागन फ्रुट फर्मका हिराबहादुर मगरले व्यावसायिक रुपमा करिब एक विगाहामा ड्रागन खेती गर्दै आउनुभएको छ ।
गलकोटमा रोपाइँको चटारो
देशका विभिन्न भागका किसान खडेरीबाट किसान चिन्तित भए पनि यहाँका किसानलाई रोपाइँको चटारो छ । सिँचाइ सुविधाका कारण मध्यजेठमा यहाँका खेलमा रोपाइँ भइरहेको छ ।
सिन्धुलीमा रित्तिँदै अन्नभण्डार
सिन्धुली जिल्लामा पछिल्लो समय खाद्यान्न उत्पादन हुने उर्बर भूमिमा बस्ति विकास बढेसँगै अन्नभण्डार रित्तिँदै गएको छ ।
अन्तर्राष्ट्रिय बजार मूल्य घट्दा मलको बजेटमा कटौती
सरकारले रासायनिक मलको बजेटमा कटौती गरेको छ । चालु आर्थिक वर्षका लागि ३० अर्ब विनियोजन गरेको बजेट आगामी आवका लागि २७ अर्ब ९५ करोड रुपियाँ विनियोजन गरेको छ । अन्तर्राष्ट्रिय बजारमा रासायिनक मलको मूल्य घटेका कारण बजेटमा कटौती गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । आगामी आवका लागि छ लाख मेट्रिक टन मल खरिद गर्ने लक्ष्य राखिएको छ । त्यो मल खरिद गर्न करिब २७ देखि २८ अर्ब रुपियाँ लाग्ने देखेर नै त्यति बजेट विनियोजन गरेको कृषि मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला
यहाँ आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोमा किसानलाई पाठशाला सञ्चालन गरिने भएको छ । यही जेठ १८ देखि २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा कुखुरापालक किसानलाई ज्ञान, सीप, प्रविधिबारेमा शिक्षा दिन लागिएको हो ।
कृषि तथा पशुपन्क्षी बिमा निरन्तर रहने : कृषि मन्त्रालय
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले कृषि तथा पशुपन्क्षी बिमा निरन्तर रहने जनाएको छ । कृषिमन्त्री ज्वालाकुमारी साहको अध्यक्षतामा आज मन्त्रालयमा सरोकार भएका निकायसहित बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता शवनम शिवाकोटीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
किसानलाई ७५ प्रतिशत अनुदानमा कृषि औजार वितरण
कृषि ज्ञान केन्द्र गोरखाले कृषकहरूलाई कृषि औजार वितरण गरेको छ । गोरखा नगरपालिका–१० स्थित छेपेटारका स्थानीय किसानहरूलाई ७५ प्रतिशत अनुदानमा कृषि औजार प्रदान गरेको हो ।
बिमा र उखुको अनुदान बढ्यो
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कृषिको बजेट घटाएको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक गर्नुभएको आगामी आव २०८१/८२ को बजेट अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपियाँ विनियोजन गरेको छ । चालु आवको तुलनामा आगामी आवमा एक अर्ब ६९ करोड बजेट कम दिएको छ । चालु आवका लागि ५८ अर्ब ९८ करोड रुपियाँ विनियोजन गरेको थियो । अगामी आवको बजेटमा प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका लागि दुई अर्ब ९८ करोड विनियोजन गरेको छ । यो परियोजनाको बजेट पनि घटाएको छ । चालु आवका लागि तीन अर्ब २२ करोड छुट्याइएको थियो ।
कृषिमा लगानी दशक घोषणा
अर्थमन्त्री वर्षमान पुनले सरकारी, निजी, सहकारी तथा विकास साझेदारबाट कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न २०८१ देखि २०९१ सम्मको अवधिलाई ‘कृषिमा लगानी दशक’ वर्ष घोषणा गर्नुभएको छ । भूगोल, बजार सम्भाव्यता एवं पारिस्थितिकीय विशिष्टता अनुकूल सङ्घ, प्रदेश र स्थानीय तहबाट कृषि उपजको विशेष क्षेत्र पहिचान गरी उत्पादन प्रवर्धन गरिने उहाँले बताउनुभयो । मङ्गलबार आर्थिक वर्ष २०८१÷८२ को बजेट सार्वजनिक गर्दै कृषि उपज सङ्कलन, प्रशोधन र निर्यात गर्ने फर्मले स्थानीय कृषकलाई आवश्यक पर्ने मल, बिउ तथा अन्य सामग्री प्रदान गरी कृषि उत्पादन खरिद गर्ने सुनिश्चित गरेमा उत्पादित उपजको परिमाणका आधारमा मल, बिउ, कृषि प्रसार सेवा र कर्जामा ब्याज अनुदान प्रदान गर्ने मन्त्री पुनले बताउनुभयो ।
उच्च मूल्यका जडीबुटी खेतीको प्रवर्द्धन गर्न गुणस्तरीय बिरुवा उत्पादन गर्ने
सरकारले उच्च मूल्यउक्त जडीबुटी खेतीको प्रवर्द्धन गर्न गुणस्तरीय बिरुवा उत्पादन गर्ने भएको छ ।