• १२ साउन २०८१, शनिबार

ओखलढुङ्गाका किसानलाई चौरी

blog

शेरबहादुर राई

ओखलढुङ्गा, जेठ १९ गते । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाका चौरी पालक किसानलाई चौरी हस्तान्तरण गरिएको छ । चौरी पालन गर्ने ११ जना कृषकलाई ९५ वटा चौरी हस्तान्तरण गरिएको हो । 

कोशी प्रदेश सरकारको याक तथा चौरी प्रवर्द्धन कार्यक्रम अन्तर्गत विनियोजित २० लाख अनुदानमार्फत चौरी फार्म सञ्चालन गर्ने ११ जना कृषकलाई ९५ वटा चौरी तथा याक वितरण गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो । चौरी व्यवसाय प्रवर्द्धनको लागि कृषकहरूलाई प्रोत्साहनको गर्ने उद्देश्यले चौरी तथा याक वितरण गरिएको अध्यक्ष शेर्पाको भनाइ छ । 

यसअघि गाउँपालिकाले चौरी गोठलाई सोलार बत्ती र भिटामिन वितरण गरिएको गाउँपालिकाले जनाएको छ । जिल्लाको खिजिदेम्बा गाउँपालिकामा मात्र चौरीको व्यावसायिक पालन गरिएको छ ।