• ११ असार २०८२, बुधबार

फिदिम नगरपालिकाको एक अर्ब १० करोडको बजेट

blog

बजेट प्रस्तुत गर्दै फिदिम नगरपालिकाका उपप्रमुख राधा कृष्ण न्यौपाने। तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, असार १० गते। पाँचथरको फिदिम नगरपालिकाले आर्थिक वर्ष २०८२।०८३ का लागि एक अर्ब १० करोड ५१ लाख ३३ हजार दुई सय एक रुपियाँको बजेट ल्याएको छ।

मङ्गलबार आयोजित नगर सभाको १७ औँ अधिवेशनमा उपप्रमुख राधाकृष्ण न्यौपानेले आगामी आर्थिक वर्षको अनुमानित आयव्यय सहितको बजेट प्रस्तुत गर्नुभएको हो।

नगरसभामा प्रस्तुत बजेट वक्तव्यमा चालूतर्फ ६८ करोड १९ लाख ५४ हजार तीन सय एक रुपियाँ तथा पूँजीगततर्फ ४२ करोड ३१ लाख ७८ हजार ९ सय रुपियाँ छ।

नगरपालिकाको अधिवेशले कृषि, स्वास्थ्य शिक्षा, पशुपालन र रोजगारीलाई प्राथमिकता राख्दै मेयर मित्रप्रसाद काफ्लेले प्रस्तुत गर्नुभएको नीति कार्यक्रमसहित उपमेयर राधाकृष्ण न्यौपानेले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत पारित गरेको छ।