• २४ पुस २०८१, बुधबार

गलकोटमा रोपाइँको चटारो

blog

गलकोट (बागलुङ),  जेठ १८ गते ।  देशका विभिन्न भागका किसान खडेरीबाट किसान चिन्तित भए पनि यहाँका  किसानलाई रोपाइँको चटारो छ ।  सिँचाइ सुविधाका कारण मध्यजेठमा  यहाँका खेलमा रोपाइँ भइरहेको छ ।

जिल्लामा अधिक धान उब्जाउने स्थानमध्येको गलकोटका चमुवा फाँटसहित दुदिलाभाटी, आँगाखेत, नरेठाँटी र हरिचौरमा रोपाइँको चटारो छ । 

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार गलकोटपछि कुश्मीसेरा, बडिगाड, निसीखोला, बुर्तिबाङलगायत क्षेत्रमा जेठअन्तिमदेखि  रोपाइँ हुने गरेको छ । मकै लगाएका  किसानले असार अन्तिम सातादेखि र साउनभरि रोपाइँ गर्छन् । 

जिल्लाको दक्षिण अमलाचौर, नारायणस्थान, बिउँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायत स्थानमा पनि सोहीसमयसम्म  रोपाइँ हुने गरेको छ । बागलुङको छ हजार हेक्टर भूमिमा धानखेती हुँदै आएको छ भने १० हेक्टरमा मात्र चैते धान हुने गरेको उक्त केन्द्रले जनाएको छ ।  रासस