• १४ असार २०८२, शनिबार

चट्याङ लागेर ६ बर्षीया बालिकाको मृत्यु

blog

शिवकुमार रिजाल काशी

हेटौँडा, असार १३ गते । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ८ माइसिराङमा शुक्रबार साँझ चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ६ बर्षीया एनिका प्रजा (चेपाङ) रहेकी छन् । चट्याङ लागेपछि अचेत अबस्थाकी उनलाई उपचारका लागि मनहरी अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरिदिएको नेपाल चेपाङ संघ मकवानपुरका अध्यक्ष महेशकुमार चेपाङले बताउनुभयो । 

साँझ ६ बजेतिर परेको चट्याङ लागेर उनकी आमा २५ को रबिना प्रजा चेपाङ घाइते भएकी छन् । उहाँलाई थप उपचारका लागि हेटौँडा अस्पताल लगिएको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ । 

साँझ परेको चट्याङ राक्सिराङ गाउँपालिकाकै चोराङमा ३ जना घाइते भएको बताइएको छ । घाइतेहरु पूर्ण विवरण आइनसकेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।