म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलुखेती
जिल्लाका विभिन्न १३ वटा कृषक समूहका दुई सय किसानले कृषि ज्ञान केन्द्र म्याग्दीबाट रु. एक करोड तीन लाख ७४ हजार पाँच सय ९४ मूल्यको आलुको बीउ खरिद गरेर व्यावसायिक रूपमा आलुखेती गरेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, पाँच लाखसम्म जरिबाना
सरकारले मानव स्वास्थ्यमा असर गर्ने खालका वस्तुको उत्पादन वा बिक्री वितरण गरेमा पाँच वर्ष कैद वा पाँच लाख रुपियाँसम्म जरिबाना गर्ने गरी कानुन संशोधन गरी कार्यान्वयनमा ल्याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य ऐन २०२३ संशोधन गर्दै खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ जारी गरी कार्यान्वयनमा ल्याएको हो । संशोधित ऐनमा गुणस्तरहीन खाद्यवस्तुको उत्पादन, प्रशोधन, निकासी, पैठारी, ढुवानी वा बिक्री वितरण गरेमा वा राखेमा अधिकतम पाँच लाख जरिबानासहित पाँच वर्षसम्म कैद वा दुवै सजाय गर्ने व्यवस्था गरिएको छ ।
किसानलाई धानको उन्नत बीउ वितरण
कोहलपुर नगरपालिकाको कृषि विकास शाखाले नगरपालिका भित्रका किसानलाई १० हजार ३५० किलो उन्नत जातको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।
विपन्न तथा एकल महिलालाई बाख्रा
गोरखाको गण्डकी गाउँपालिकाले विपन्न तथा एकल महिलालाई बाख्रा वितरण गरेको छ । आइतबार पालिकाभित्र रहेका विपन्न तथा एकल महिलालाई बाख्रा वितरण गरिएको हो ।
बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागती खेतीमा
कास्कीमा ग्रामीण क्षेत्रका किसान धानखेती छोडेर कागती खेती गर्न थालेका छन् । जनशक्ति, मलखाद, कृषि पूर्वाधारको अभावका बिच जेनतेन खेती गरे पनि बाँदरबाट जोगाउन नसकिएपछि स्थानीय किसान धानको विकल्पमा कागती खेती गर्न थालेका हुन् ।
५० प्रतिशत अनुदानमा धानको बीउ वितरण
भद्रपुर नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको छ । प्रतिकिलो ६० देखि ९५ मा खरिद गरी किसानलाई बीउ वितरण गरिरहेको हो ।
इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र बन्ने
चिया र अलैंचीको मुख्य उत्पादन हुने इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र स्थापनाका लागि भौतिक संरचना निर्माणको काम जारी छ ।
किसानको बारीमा विद्यार्थी
नेपाल सरकारले नमुना विद्यालयको रुपमा छनोट गरेको तनहुँको एक विद्यालयले विद्यार्थीलाई प्रयोगात्मक शिक्षालाई जोड दिँदै आएको छ ।
तराईमा स्याउ फलाउन छैन वैज्ञानिक आधार
कैलाली लम्कीचुहाका किसानले एक करोडभन्दा बढीको लगानीमा आफ्नै बारीमा स्याउ फलाएपछि त्यो अहिले चर्चाको विषय बनेको छ । चिसो ठाउँ अर्थात् हाई चिलिङ भएको ठाउँमा उत्पादन हुने स्याउ उच्च गर्मी हुने ठाउँमा पनि उत्पादन भएपछि अहिले त्यो चर्चाको विषय बनेको छ । कृषि वैज्ञानिकहरू भन्छन्, “यो सम्भव छैन, यो वैज्ञानिक हिसाबले उपयुक्त छैन, यसको वैज्ञानिक आधार छैन ।” स्याउ विषयमा पिएचडी गर्नुभएका तथा कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समय स्याउ क्षेत्रमा काम गर्नुभएका डा. गिरीधारी सुवेदीले तराईमा स्याउ फल्न सक्छ तर त्यो उपभोक्ताका लागि गुणस्तर हुन सक्दैन, करेसाबारीका लागि ठिक छ तर व्यावसायिक खेतीका लागि नमिल्ने बताउनुभयो ।
किसानलाई अनुदानमा कृषि एम्बुलेन्स
नवलपुरको मध्यविन्दु नगरपालिकाले अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ । मध्यविन्दु नगरपालिका–१ पतवारिमा अवस्थित प्रकृति कृषि सहकारी संस्थालाई ७० प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ । एक बिघा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ ।
नेपाली उत्पादन, उपभोग कार्यक्रम कार्यान्वयनको चरणमा
सरकारले घोषणा गरेको प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको छ । प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ हालै मन्त्रीपरिषद्ले स्वीकृत गरेसँगै कार्यक्रम कार्यान्वयनको प्रक्रियामा गएको हो । स्वदेशी उत्पादनको उत्पादन र उपभोग अभिवृद्धि गर्ने र निर्यात बढाउने उद्देश्यसहित आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत सो कार्यक्रम घोषणा गरिएको थियो ।
कालीमाटीमा ठाउँ नपाएको किसानको गुनासो
नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार नपाएको गुनासो तरकारी उत्पादक किसान सङ्घ नेपालले गरेको छ । किसानले दुःख कष्ट गरेर तरकारी उत्पादन गरेका हुन्छन् तर आफ्नै बजारमा ठाउँ नपाएको सङ्घले पत्रकार सम्मेलन गरेर नै जानकारी गराएको छ । सङ्घका अध्यक्ष माया केसीले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको गुनासो गर्दै नेपाली किसानले उत्पादन गरेको तरकारी कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रवेश नपाएको दाबी गर्नुभयो । भारतको तरकारीले बजार ओगटेको छ भने नेपाली किसानको तरकारी सडकमा फ्यालिएको उहाँले बताउनुभयो ।
उत्पादकत्व बढाउन गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर
जिल्लाको गण्डकी गाउँपालिका-५ का १९ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ ।
कैलालीमा हिउँदेबाली उत्पादन वृद्धि
कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा तीन दशमलव ४२ प्रतिशतले वृद्धि भएको हो ।
कोरियाबाट फर्केर माछापालनमा पुन
बागलुङ नगरपालिका-४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ । बागलुङको काठेखोला गाउँपालिका-८ लेखानी घर भई बागलुङ बजार बस्दै आउनुभएका पुनले विगत छ वर्षदेखि रिसोर्टसँगै माछापालन गर्दै आउनुभएको छ ।
नार्कले दियो ड्रोन उडाउने तालिम
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रले कृषि इन्जिनियरलाई मल्टी स्पेक्ट्रल ड्रोन सञ्चालनका लागि दुईदिने तालिम दिएको छ । नार्कले यस्तो तालिम पहिलो पटक सञ्चालन गरेको हो । नेपालको कृषिमा ड्रोनको प्रयोग खासै छैन । आवश्यकता भए पनि नीतिका कारण ड्रोन प्रयोगमा ल्याउन नसकिएको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका प्रमुख श्रीमत श्रेष्ठले बताउनुभयो । हाल कृषिका लागि निजी क्षेत्रमा दुई र सरकारी तहमा दुई गरी चार वटा ड्रोन मात्र प्रयोगमा रहेको उहाँले जानकारी दिनुभयो ।
किसानलाई अनुदानमा उन्नत जातको धानको बीउ
दाङमा ५० प्रतिशत अनुदानमा किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । दंगीशरण गाउँपालिका कृषि शाखाले गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ वितरण गरेको हो ।
भैँसीपालनले प्रख्यात बझाङको त्याडीगाउँ
सानो चिटिक्क परेको गाउँ । लहरै रहेका रातो र सेतो माटोले पोतेका घर । गाउँको बिचमा सरकारले बनाइदिएको नहर । छेउछाउमा घाँसका लागि पालेका भिमलका रुखहरू । अलि भिरालो भए पनि पारिलो (हिउँदमा पनि घाम लागिरहने) ठाउँ । अनि प्रायजसो घरमा दुहुना भैँसी । यो बझाङको केदारस्यूँ गाउँपालिका-६ त्याडीगाउँ हो ।
किसानलाई अनुदानमा कृषि औजार
किसानलाई कृषि पेसामा थप आकर्षित गर्ने उद्देश्यले अनुदानमा कृषि औजार वितरण गरिएको छ ।
आँप उत्पादनमा वृद्धि हुने
बाँकेमा यस वर्ष आँपको उत्पादन क्षेत्रफल केही घटेको भए पनि आँप उत्पादनमा भने वृद्धि हुने भएको छ ।
अर्थतन्त्र सुधारको विकल्प कृषि
जनता एग्रो एन्ड फोरेस्ट्री लिमिटेडका अध्यक्ष एवं उद्योगपति पवन गोल्यानले साना किसानलाई प्रोत्साहन तथा उत्पादन गरेको बाली वस्तु बिक्रीका लागि आफूले प्रोत्साहन गरिरहेको बताउनुभएको छ । जनता एग्रो एन्ड फोरेस्ट्री लिमिटेडले बिहीबार पत्रकारसँग गरेको अन्तर्क्रिया कार्यक्रममा उहाँले विभिन्न तथ्याङ्क हेर्दा देशको अर्थतन्त्र सुधार गर्ने विकल्प कृषिसँग मात्र रहेको बताउँदै आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
रैथाने बाली उत्पादन सम्बन्धी किसानलाई तालिम
बाँकेको बैजनाथ गाउँपालिकाले पालिकाभित्रका किसानहरूलाई स्थानीय स्तरमा पाइने रैथाने बाली उत्पादन प्रविधि सम्बन्धी तीन दिने तालिम सञ्चालन गरेको छ । तीन दिने उक्त तालिमको बिहीबार बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले उद्घाटन गर्नुभएको हो ।
बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
बजारमा माग बढेपछि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रका किसान जुनेलो र फापरको व्यावसायिक खेतीमा लागेका छन् । जिल्लाका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका एक दर्जनभन्दा बढी पहाडी गाउँका किसान व्यावसायिक खेतीमा लागेका हुन् ।