• १२ साउन २०८१, शनिबार

विपन्न तथा एकल महिलालाई बाख्रा

blog

गुणबहादुर रोका

सुलीकोट, जेठ ७ गते । गोरखाको गण्डकी गाउँपालिकाले विपन्न तथा एकल महिलालाई बाख्रा वितरण गरेको छ । आइतबार पालिकाभित्र रहेका विपन्न तथा एकल महिलालाई बाख्रा वितरण गरिएको हो ।

अन्तर्गत स्थानीय किसानबाट खरिद गरी गाउँपालिकाको हावापानी म्याच खान सक्ने उन्नत जातको बाख्रा विपन्न तथा एकल महिलालाई जीविकोपार्जनमा सहयोगका लागि बाख्रा वितरण गरिएको गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले जानकारी दिनुभयो । 

उहाँका अनुसार वार्षिक कार्यक्रम अन्तर्गत विपन्न तथा एकल महिलालाई जीविकोपार्जनका लागि प्रत्येक वडाका दुई जना एकल महिलालाई गाउँपालिकाले बाख्रा वितरण गरेको हो । त्यस्तै, वडा ५ मा वडा समितिद्वारा छनोट भएका १५ जना अति विपन्न परिवार तथा वडा ३ र ४ मा ६–६ जनाका दरले १२ परिवारलाई बाख्रा वितरण भएको गाउँपालिकाले जनाएको छ । 

विपन्न तथा एकल महिलालाई आर्थिक अवस्था कमजोर रहेकालाई राहत हुने विश्वास लिइएको छ । त्यस्तै, विपन्न तथा एकल महिलालाई बाख्रा वितरण गर्दै गाउँपालिकाका उपप्रमुख ललिता अधिकारीले वितरण गरिएका बाख्राको सही सदुपयोग गर्न तथा जीवनयापनमा सुधार ल्याउन उहाँले आग्रह गर्नुभयो । 

अति विपन्न तथा एकल महिलाका लागि आगामी गाउँ सभाबाट बजेट व्यवस्थापन गरी गाउँपालिका भित्र रहेका सबै विपन्न तथा एकल महिला नछुट्ने गरी स्वरोजगार बनाइ एकल महिला पनि समाजमा सहज तवरबाट बाँच्न सक्ने कार्यक्रम ल्याउने योजनमा रहेको उपप्रमुख अधिकारीले बताउनुभयो ।