• १२ साउन २०८१, शनिबार

उत्पादकत्व बढाउन गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

blog

गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर वितरण गरिदै । तस्बिर : रासस

गोरखा, जेठ ५ गते । जिल्लाको गण्डकी गाउँपालिका-५ का १९ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाका अनुसार वडा कार्यालयमार्फत किसानसँग ५० प्रतिशत लागत साझेदारीमा हाते ट्रयाक्टर खरिद गरेर वितरण गरिएको हो । 

कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन वृद्धिमा टेवा पुर्‍याउन आधुनिक औजार अनुदानमा उपलब्ध गराउने पालिकाको नीतिअनुरूप हाते ट्याक्टर प्रदान गरिएको छ । “खेती गर्न गाउँमा गोरु पाइनै छाडेका छन्,” उहाँले भन्नुभयो, “अब कृषिलाई प्रविधिमैत्री बनाउँदै जानुपर्छ, गोरुको अभावमा खेतबारी बाँझै नहुन् ।”

अध्यक्ष तिमल्सिनाले परम्परागत खेती प्रणालीबाट कृषिमा लगानी बढी र उत्पादन कम हुने भएकाले पनि किसानले लाभ लिन नसकेका बताउनुभयो । “परम्परागत खेती प्रणालीले उत्पादन बढाउन सकिँदैन,” उहाँले भन्नुभयो, “अब लागत कम गरेर उत्पादन वृद्धि गर्नुपर्छ त्यसका लागि यान्त्रिकीकरण अनिवार्य भएको छ ।” रासस