सुपारी खेतीतर्फ किसानको आकर्षण बढ्दो
हरिया सागसब्जी फलफूल र तरकारी उत्पादन गर्दै आएका पानवारीका किसानहरू पछिल्लो समय सुपारी खेतीतर्फ आकर्षित भएका छन् ।
उर्वराशक्ति बढाउन प्राकृतिक खेती अभियान सुरु
रासायनिक मल र बढ्दो विषादीको प्रयोगले खेतबारीको उत्पादन शक्ति ह्रास हुँदै गएको छ । त्यसले गर्दा खेतबारीमा अन्नपात उत्पादनको दर घट्दै जान थालेको छ । यस्तो अवस्थामा पर्वतका केही ग्रामीण बस्तीमा प्राकृतिक खेती अभियान थालिएको छ ।
स्थानीय जातको कालो सुँगुर जोगाउनै मुस्किल
बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्राम मगरको बाक्लो बस्ती भएको ठाउँ हो । मगरको घरैपिच्छे पालिँदै आएको स्थानीय जातको कालो सुँगुर अहिले कमै पाइन्छ । घरैपिच्छे पालिने कालो सुँगुर अहिले फाट्टफुट्ट मात्रै देखिन थालेको छ ।
महोत्तरीका किसानले पाए उखुको भुक्तानी
महोत्तरीका उखु किसानले चिनी उद्योगबाट आफ्नो उत्पादनको सम्पूर्ण भुक्तानी पाएका छन् । जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिजले उखुको भुक्तानी दिएको हो ।
रैथाने बाली प्रवर्द्धनमा जोड
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा जोड दिएको छ । हराउँदै गएका कोदो, फापर, जुनेलो जस्ता पौष्टिकयुक्त अन्न बाली उत्पादन गर्न किसानलाई प्रोत्साहन गर्नुका साथै मूल्यको समेत निश्चितता गरिदिएपछि किसानहरू खुसी भएका छन् ।
महिलालाई व्यावसायिक बनाउँदै गल्याङ नगरपालिका
गल्याङ नगरपालिकाले महिलाहरूलाई व्यावसायिक बनाउन विभिन्न कार्यक्रम सुरु गरेको छ । पालिकामा रहेका विपन्न, सीमान्तकृत तथा पछाडि परेका महिलाहरूलाई व्यावसायिक बनाउन योजनाबद्ध रूपमा काम गर्न सुरु गरिएको नगरप्रमुख गुरु प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
कृषि अनुदानका लागि ९ सय बढी आवेदन
बाँकेमा कृषि अनुदानका लागि जिल्लाका करिब नौ सय बढी किसानले आवेदन (प्रस्तावना) दर्ता गरेका छन् । कृषि ज्ञान केन्द्र नेपालगन्ज कार्यालयमा नौ सय बढी आवेदन दर्ता भएको ज्ञान केन्द्रले जनाएको छ ।
अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला
अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु महिला बिहानै तरकारी लिएर नेपालगञ्ज आउने गरेका छन् । अर्गानिक तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले आफ्नै खेतबारी उत्पादित तरकारीबाट प्रशस्त कमाइ गर्न थालेका हुन् ।
शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल
दाङको घोराही उपमहानगरपालिका–२ रामपुर निवासी ३४ वर्षीय गोपाल खनाल विसं २०७३ सालअगाडि उहाँ शिक्षण पेसामा आवद्ध हुनुहुन्थ्यो । गाउँमै एक बोर्डिङ स्कुलमा पढाउँदै आउनुभएका उहाँ पछिल्लो आठ वर्षदेखि भने शिक्षण छोडेर कृषि पेसामा लागिरहनुभएको छ ।
पहुँचवालालाई कृषि अनुदान
समयमै सूचना नपाउँदा सरकारले उपलब्ध गराउँदै आएको कृषि अनुदान किसानको सट्टा बिचौलिया र पहुँचवालाको हातमा पर्दै आएको छ । राष्ट्रिय समावेशी आयोगले विज्ञ समूह बनाएर गरेको अध्ययनबाट कृषि अनुदानको जानकारी, प्रक्रिया र सूचनाका बारेमा अधिकांश किसानलाई जानकारी नै नरहेको तथ्य फेला परेको हो ।
पानी परेपछि किसानलाई राहत
लामो समयपछि पानी परेपछि बाराका किसान खुसी भएका छन्। सुक्दै गएको गहुँ, धान र अन्य बाली पानी परेपछि सप्रिने भन्दै किसान खुसी भएका हुन्।
सिंचाइको सुविधा नहुँदा सिमेभूमिसँग पानी माग्दै कृषक
आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका कृषकले खडेरी परेपछि सिमेभूमि देवतालाई पूजा गर्दै पानी मागेका छन् ।
मकैखेती विस्तार गर्न किसानलाई प्रोत्साहन
केन्द्रका सूचना अधिकारी किरण परियारका अनुसार चालु आर्थिक वर्षमा यस कार्यक्रमको लागि रु. ३६ लाख रुपियाँ लगानी गरिने भएको छ ।
दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय
सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरद्वारा उत्पादित घ्यूले बजार नपाएपछि मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खरिद गर्न थालेको छ ।
तरकारीमा विषादी प्रयोग सचेतनाको अभाव
तरकारीमा प्रयोग हुने विषादीका बारेमा धेरैलाई चेतना छैन भने कतिपयलाई त्यसका बारेमा जानकारी पनि नरहेको पाइएको छ । तरकारीमा जथाभाबी विषादी प्रयोगले आमउपभोक्तामा जोखिम बढ्दै गएको र त्यसले कतिपयको ज्यान पनि जाने गरेको विभिन्न अध्ययनले देखाएको छ । सन् २०२१ मा क्लिनिकल टक्सियोलोजी जर्नलमा प्रकाशित इन्टेन्सनल पेस्टिसाइड पोइजनिङ एन्ड पेस्टिसाइड सुसाइड इन नेपाल अध्ययन अनुसार तराई क्षेत्रमा विषादी दुरुपयोग ठुलो सङ्कट उत्पन्न भइसकेको र यहाँ प्रतिएक लाखमध्ये २५१ जनाले कृषि क्षेत्रमा उपयोग हुने विषादी खाएर आत्महत्या गरेको अध्ययनले देखाएको छ ।
खडेरीले किसानको बारी बाँझै
लामो खडेरीले गर्दा तनहुँका किसानले यस वर्षको मकै लगाउन पाएका छैनन् । वैशाखको पहिलो सातामै रोपिसक्नुपर्ने मकै पानी नपर्दा अधिकांश खेत बाँझै छन् ।
कृषिमा वितरण गरिएको अनुदान प्रभावकारी भएन : समावेशी आयोग
राष्ट्रिय समावेशी आयोगले सरकारले कृषि क्षेत्रका लागि उपलब्ध गराएको अनुदान प्रभावकारी नभएको बताएको छ । आयोगले गरेको अध्ययनमा कृषि क्षेत्रमा प्रभावकारीरुपमा अनुदान प्रवाह नभएको देखिएको आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले बताउनुभयो ।
खडेरीले अन्नबाली सुक्न थाले, किसान चिन्तित
लामो समयदेखि पानी नपर्दा भएको खडेरीले खेतमा लगाइएको अन्नबाली सुक्न थालेपछि बाँकेका किसान चिन्तित भएका छन्।
तरकारीको बेर्ना खरिद-बिक्रीको चटारो (फोटो फिचर)
मुस्ताङका कृषकले आफ्नो तरकारी रोप्ने क्षेत्रमा खनजोत गरेर ठिक्क पारेपछि तरकारीको बेर्ना खरिद गर्न थालेका छन्।
मौरीपालनका निम्ति अनुदान बढाउन किसानको माग
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण भए तापनि सरकारी निकायले ध्यान नदिँदा पछाडि परेको गुनासो गरेका छन् । तीन तहकै सरकारबाट मौरीपालक किसानलाई प्रोत्साहन नहुँदा आफूहरू मर्कामा परेको उनीहरूको गुनासो छ ।
साढे सोह्र लाख किसान सूचीकृत
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान वर्गीकरणको कार्यलाई तीव्रता दिएको छ । त्यसका लागि किसानलाई सूचीकृत गर्ने कार्य गरिरहेको छ । कृषि मन्त्रालयले शुक्रबारसम्म १६ लाख ५५ हजार किसान घरपरिवार सूचीकृत गरिसकेको छ । कृषि मन्त्रालयले आर्थिक वर्षको अन्तिमसम्म १८ लाख किसान घरपरिवार सूचीकृत गर्ने लक्ष्य राखिएको सो मन्त्रालयका सहसचिव प्रकाश सञ्जेलले जानकारी दिनुभयो । आगामी आवमा किसान सूचीकरण गर्ने कार्य सकाएर नमुनाका रूपमा भए पनि केही किसानलाई परिचयपत्र वितरण गर्ने तयारी रहेको उहाँले बताउनुभयो । राष्ट्रिय जनगणना २०७८ का अनुसार ४१ लाख घरधुरी किसान छन् । त्यसलाई आधार मान्ने हो भने अगामी आवमा २३ हजार घरधुरी किसानलाई सूचीकरण गर्नुपर्ने हुन्छ । हाल दैनिक तीन हजारका दर किसान सूचीकृत भइरहेका छन् ।
पाहुनालाई कोसेली ताराखोलाको मकै
लेकाली चोयाले बुनेको चिटिक्कको डाली । डालीभरि भुटेको सिरिम्ले मकै । मकै पनि जिल्लाको ताराखोलाका । शनिबार यहाँ आयोजित एक समारोहका अतिथिलाई उपहारस्वरुप टक्र्याइएका बागलुङका रैथाने उत्पादन हुन् यी । स्थानीय उत्पादनको प्रवर्द्धन हेतु बागलुङ उद्योग वाणिज्य सङ्घले ‘मायाको चिनो’ अर्थात् कोसेलीका रूपमा अतिथिलाई डाली र मकै प्रदान गरेको हो ।
गरिबी हटाउन कृषि र पशुपालनमा जोड दिन मुख्यमन्त्री अधिकारीको आग्रह
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले देशको गरिबी हटाउन कृषि र पशुपालनमा जोड दिनुपर्ने बताउनुभएको छ ।
माटोको उर्वराशक्ति बढाउन कृषि चुन वितरण
क्षय हुँदै गएको माटोको उर्वराशक्ति बढाउन बेनी नगरपालिका-२ ज्यामरुककोटमा कृषि चुन वितरण गरिएको छ । माटोमा अम्लीयपना धेरै हुँदा खेती बाली नफस्टाउने र उत्पादन घट्ने समस्या देखिएपछि माटो उपचारका लागि कृषि चुन वितरण गरिएको हो ।