कृषिमा ‘अटोफर्टिगेशन’ प्रविधिको प्रयोग
कृषिमा प्रयोग भएका प्रविधिको प्रदर्शनमार्फत किसानलाई प्रविधितर्फ आकर्षित गरी कृषि तथा सिँचाइमा लाग्ने लागत न्यूनीकरण गरी उत्पादकत्व बढाउने उद्देश्यले कृषिमा स्वचालित सेन्सरमा आधारित मलखादसहितको थोपा सिँचाइ (अटोफर्टिगेशन) कार्यक्रम अघि बढाइएको छ ।
गहुँको मूल्य पाउँदा किसान खुसी
यस वर्ष गहुँको मूल्य अत्यधिक बढेको छ । सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा १५ प्रतिशत बढेर चार हजार २०० रुपियाँमा खरिद भइरहेको छ भने बिक्री मूल्य चार हजार तीन सय पुगेको छ ।
व्यावसायिक पशुपालनबाट कृषक लाभान्वित
राम्रो कमाउन बिदेशिएका युवाहरु अहिले स्वदेश फर्केर कृषि पेशामा रमाउन थालेका छन् । पूर्वी नवलपरासीबाट बैदेशिक रोजगारीमा जाने अधिकांश युवाहरु जोश र जाँगर बोकेर व्यावसायिक गाईपालन, भैसीपालन, कुखुरापालनमा रमाउन थालेका हुन् ।
धानमा रोग लागेपछि किसान चिन्तित
खोटाङको जन्तेढुंगा गाउँपालिकाको सावा खोला किनारमा रोपिएको धान बालीमा पहिचान नभएको रोग फैलिएको छ । धानमा रोग फैलिएपछि किसान चिन्तित भएका छन् ।
तरकारी र फलफूलमा विषादीको मात्रा कम
बाँके लगायत विभिन्न जिल्लामा उत्पादन गरिएका तरकारी र फलफूलमा गतवर्ष भन्दा यस वर्ष विषादीको मात्रामा कमी पाइएको छ ।
व्यावसायिक तरकारी खेतीमा किसान
कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन् । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानले व्यावसायिक तरकारी खेतीमा जोड दिन थालेका हुन् ।
रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न यस वर्ष म्याग्दीका आठ ठाउँमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन भएको छ ।
खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर
करिब तीन बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएकामा उहाँले यसपटक खरबुजा फलाउनुभएको छ । “पहिला तरकारी लगाउने गर्थेँ, बजार नपाएपछि खरबुजा लगाएँ, प्रशस्त आम्दानी भएको छ”, उहाँले भन्नुभयो ।
गाइने किरा हराउँदा कृषिमा समस्या
गाइने किराको सङ्ख्यामा कमी आउन थालेपछि त्यसको प्रत्यक्ष असर कृषि उत्पादनमा देखिन थालेको छ । गाइने किराको मुख्य आहारा कृषिकर्मलाई असर गर्ने पतेरो, गवारो हुन् । गाइने किराको सङ्ख्या घट्दा पतेरो, गवारो र लाईको उल्लेख्य वृद्धि भई मुख्य बाली धान, मकै र गहुँको उत्पादनमा कमी आउन थालेको छ । सघन धान खेतीमा लामो समयदेखि अनुसन्धानरत कृषि प्रचार अधिकृत कृष्ण धितालले गाइने किराको सङ्ख्या घट्दा त्यसको मुख्य आहार बालीलाई हानिकारक मानिएका किराको सङ्ख्या बढिरहेको बताउनुभयो ।
सिँचाइ कुलो भत्किएको दुई वर्षसम्म भएन पुनर्निर्माण
यतिबेला कैलालीमा धानको बेर्ना राख्ने समय भयो । घोडाघोडीका करिब पाँचसय किसान वर्षौदेखिको सिँचाइ कुलो भत्किएको दुई वर्ष बित्दा समेत पुनर्निर्माण नभएपछि खेत बाँझै हुने चिन्तामा छन् ।
अर्गानिक कृषि मार्ट सञ्चालन
रुकुमपश्चिमको जिल्ला सदरमुकाम मुसीकोटमा अर्गानिक कृषि मार्ट सञ्चालनमा आएको छ । मुसीकोट नगरपालिका–१, खलङ्गा बजारमा ‘मुसीकोट कृषि उद्योगको अर्गानिक कृषि मार्ट’ सञ्चालनमा आएको हो । सोमबार एक कार्यक्रमका बिच मुसीकोट नगरपालिका प्रमुख महेन्द्र केसीले मार्टको उद्घाटन गर्नुभएको छ । मार्टको उद्घाटन गर्दै नगर प्रमुख केसीले स्थानीय उत्पादनको बजारीकरणमा सहजीकरण हुने विश्वास गर्नुभयो । उहाँले स्वास्थ्यको हिसाबले समेत अत्यावश्यक रहेका अर्गानिक कृषि उपजहरू सङ्कलन गरेर मार्टले नमुना काम गर्नुपर्ने बताउनुभयो ।
पोखरामा किसानका लागि आइपिएम पाठशाला
पोखरा महानगरपालिकामा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) किसान पाठशाला सञ्चालन गरिएको छ ।
पैंचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालन
गुल्मीमा पैंचो पसल प्रालिले पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा ल्याएको छ ।
चैते धान खेतीको क्षेत्र विस्तार
माण्डवी गाउँपालिका–५ स्थित पारथुंगा फाँटमा यस वर्ष किसानले पहिलो पटक चैते धान लगाएका छन् । एक बाली मात्र धानखेती गर्दै आएका किसानले यसवर्ष चैते धान लगाएका हुन् । करीव पाँच सय रोपनी क्षेत्रफल रहेको फाँटमा किसानहरुले चैते धानको रोपाई गरिसकेका छन् ।
कृषिका लागि तीनै तहबिच समन्वय गर्ने प्रक्रिया कार्यान्वयनमा
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तीन तहको सरकारबिच कृषि क्षेत्रसम्बन्धी समन्वयका लागि सङ्घ, प्रदेश र स्थानीय तह कृषि क्षेत्र समन्वयसम्बन्धी कार्य प्रक्रिया २०८० कार्यान्वयनमा ल्याएको छ । कृषि मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटीले कृषि क्षेत्रको समग्र विकासको प्रक्रियालाई समुचित दिशा प्रदान गर्नका लागि राष्ट्रिय प्राथमिकता र स्थानीय आवश्यकता अनुरूप तीनै तहबिचमा समन्वय गर्नका लागि यो कार्यप्रक्रिया कार्यान्वयनमा आएको बताउनुभयो । तीनै तहमा कृषि विकास कार्यक्रमलाई राष्ट्रिय लक्ष्य पूरा गर्नेतर्फ यो लक्षित रहेको उहाँले बताउनुभयो ।
बागलुङका एक लाख ३१ हजार पशुलाई खोप लगाइयो
बागलुङमा एक लाख ३१ हजार पाँच सय ७४ पशुचौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ । जिल्लाका १० स्थानीय तहमध्ये छ पालिकामा कुकुर, भैसी, राँगा, गोरु, बाख्रा र बङ्गुरलगायतका पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको हो ।
रामेछापमा पहिलो पटक जुनारमा ‘ट्याग’
जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक जुनारको बोटमा ‘ट्याग’ लगाउने कार्यको थालनी भएको छ । रामेछाप नगरपालिका-७ ओख्रेनीका जुनार कृषक रामकुमार कार्कीको बगैँचामा रहेका जुनारका बोटमा नम्बरिङ गरी जुनारको बोटमा ट्याग लगाउन थालिएको हो ।
‘लो भोल्टेज’का कारण सुर्खेतका कोल्डस्टोर सञ्चालनमा कठिनाइ
कर्णाली प्रदेश सरकारले कृषि उत्पादन भण्डारणका लागि सुर्खेतका विभिन्न ठाउँमा चिस्यान घर निर्माण गरी सञ्चालनमा ल्याएको छ । सुर्खेतमा तीन स्थानीय तहमा पाँच वटा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान
लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्न बाली सुक्न थालेको छ । चैतमा रोपेको चैते धानमा रोपेदेखि पानी नपरेपछि खेतमा धाँजा फाट्न थालेको हो ।
डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
दुग्ध विकास संस्थान (डिडिसी) ले दुग्ध किसानलाई ४३ करोड रुपियाँभन्दा बढी भुक्तानी गरेको छ । डिडिसीले अर्थ मन्त्रालयबाट सहुलियत ऋणमा पाएको ३० करोड र त्यसमा १३ करोड रुपियाँ थपेर किसानको बक्यौता रकम भुक्तानी गरेको डिडिसीका निमित्त महाप्रबन्धक राजेन्द्र अधिकारीले बताउनुभयो । डिडिसीले एक अर्ब ५० करोड रुपियाँ भुक्तानी गर्न बाँकी थियो । त्यसमध्ये ४० करोड भुक्तानी गरिसकेपछि अझै एक अर्ब १० रुपियाँ बाँकी रहेको छ ।
चिया परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले शनिबार विभिन्न कार्यक्रम गरी २८ औँ राष्ट्रिय चिया दिवस मनाएको छ । नेपाल चियामा आत्मनिर्भर मात्र होइन, निर्यात गर्ने मुलुकमा पर्छ तर विडम्बना सरकारसँग गुणस्तर परीक्षणका लागि आफ्नो प्रयोगशाला (ल्याब) छैन । प्रयोगशाला स्थापनाका लागि बोर्डले प्रयास नगरेको होइन तर हालसम्म त्यो प्रयास सफल नभएको बोर्डका निमित्त प्रमुख दीपक खनालले बताउनुभयो । यद्यपि आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय मापदण्डको चिया तथा कफी परीक्षणका लागि (प्रयोगशाला) ल्याब स्थापना गर्ने सम्भावना देखिएको उहाँले बताउनुभयो ।
‘कुपोषण घटाउन बजेट बढाउनु पर्छ’
प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले सरकारले कुपोषण घटाउन आगामी बजेटमा पोषणको बजेट बढाउनुपर्ने बताउनुभएको छ ।
चिया तथा कफी निर्यातमा भारतको विकल्प खोजिँदै
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चिया निर्यातका लागि भारतीय बजारको विकल्प खोज्ने बेला आएको जनाएको छ । नेपाली चियाका लागि भारत निर्यातको सन्दर्भमा पटक पटक विवाद हुने गरेको छ, त्यसैले विकल्प खोज्ने बेला आएको बताएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले निर्यातमा देखिएको समस्यालाई चाँडो समाधान गरिने बताउनुभयो । बार्डको अध्यक्षसमेत रहनुमन्त्री साहले नेपालको निर्यात गर्ने बालीमध्ये चिया मुख्य बाली हो तर यसको निर्यातमा लामो समयदेखि विवाद रहेको
‘कृषि क्षेत्रमा आधुनिकीकरण आवश्यक’
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री राम कुमार खत्रीले मुलुकमा समृद्धि हाँसिल कृषि र पशुपालन क्षेत्रको आधुनिकीकरण र बजार व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ ।