• १३ असोज २०८१, आइतबार

अर्गानिक कृषि मार्ट सञ्चालन

blog

रुकुमपश्चिम समाचारदाता

रुकुमपश्चिम, वैशाख २० गते । रुकुमपश्चिमको जिल्ला सदरमुकाम मुसीकोटमा अर्गानिक कृषि मार्ट सञ्चालनमा आएको छ । मुसीकोट नगरपालिका–१, खलङ्गा बजारमा ‘मुसीकोट कृषि उद्योगको अर्गानिक कृषि मार्ट’ सञ्चालनमा आएको हो । 

सोमबार एक कार्यक्रमका बिच मुसीकोट नगरपालिका प्रमुख महेन्द्र केसीले मार्टको उद्घाटन गर्नुभएको छ । मार्टको उद्घाटन गर्दै नगर प्रमुख केसीले स्थानीय उत्पादनको बजारीकरणमा सहजीकरण हुने विश्वास गर्नुभयो । उहाँले स्वास्थ्यको हिसाबले समेत अत्यावश्यक रहेका अर्गानिक कृषि उपजहरू सङ्कलन गरेर मार्टले नमुना काम गर्नुपर्ने बताउनुभयो । 

मार्टका सञ्चालक रवीन्द्रकुमार विष्टले रासायनिक र विषादीरहित खाद्य सामग्री मार्टबाट बिक्रीवितरण हुने जानकारी दिनुभयो । करिब १३ लाखको लगानीमा मार्ट सञ्चालन गरिएको हो ।