दुई महिनामै सुन्तलाले पायो तीन गुणा बढी मूल्य
हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महिनामै तीन गुणा बढी मूल्य पाएका छन् । म्याङलुङ-९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो ६० थियो ।
सुन्तला राष्ट्रिय फल घोषणा, वार्षिक दुई लाख मेट्रिक टन उत्पादन
सरकारले सुन्तलालाई राष्ट्रिय फलका रूपमा घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले सुन्तलालाई राष्ट्रिय फलका रूपमा घोषणा गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी गराउनुभयो । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले सुन्तलालाई राष्ट्रिय फल घोषणाका लागि मन्त्रीपरिषद्मा प्रस्ताव लग्नुभएको थियो । उहाँले आफू मन्त्रीमा नियुक्त भएको दिनदेखि सुन्तलालाई राष्ट्रिय फल घोषणा गराउनमा लागेको बताउनुभयो ।
चैते धान प्रवर्द्धन गर्न कृषकलाई अनुदान
कृषि ज्ञानकेन्द्र तनहुँले चैते धानखेती प्रवर्द्धन गर्न कृषकलाई अनुदान दिएको छ । चैतेधान प्रवर्द्धन कार्यक्रममार्फत कृषकलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको हो ।
सुन्तला राष्ट्रिय फल घोषणा
सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो घोषणा गरेको हो ।
माटोमा नाइट्रोजन र पोटासको कमी
खेतीयोग्य जमिनको माटोमा नाइट्रोजन र पोटासको कमी भएको पाइएको छ । सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले रैथाने बाली र फलफुल लगाउने जग्गाको माटो परीक्षण गर्ने क्रममा नाइट्रोजन र पोटासको कमी भएको पाइएको बताउनुभयो ।
गहुँ उत्पादनमा वृद्धि
बाजुरामा पछिल्लो समय गहुँ उत्पादनमा वृद्धि भएको छ ।
कृषि वनमा कफी खेतीबारे अध्ययन
विभिन्न निकायले संयुक्त रूपमा कृषि वनमा कफी खेतीबारे अध्ययन गरेका छन् । नुवाकोट, ललितपुर, काभ्रे र सिन्धुपाल्चोकका कृषि वनमा कफी उत्पादनको सम्भावनाबारे राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल कफी महासङ्घ, इन्टरनेसनल ट्रेड सेन्टर र फ्रान्सेली कृषि अनुसन्धान तथा सहयोग संस्थालगायतले अध्ययन गरेका हुन् । नेपालले सन् २०१९ मा नै कृषि वन नीति ल्याए पनि यसको कार्यान्वयनमा देखिएका कमजोरीलाई ध्यान दिई किसानलाई कफी उत्पादनमा प्रोत्साहित गर्ने अध्ययनले देखाएको छ । अध्ययनपछि कृषि वनको अवधारणालाई कफी खेतीमा विस्तार गर्ने उपायबारे खोजी गर्न बिहीबार सरोकारवालाबिच छलफल भएको छ ।
सूचीकरणपछि किसानलाई परिचयपत्र वितरण गरिने
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानलाई परिचयपत्र वितरण गर्न शुद्धीकरण अभियान सुरु गरेको छ । गाउँपालिकामा सञ्चालित किसान सूचीकरण कार्यक्रमअन्तर्गत सहजकर्ता छनोट गरी उनीहरूलाई तालिम दिइएको हो ।
तोकियो कृषि क्षेत्रको बजेट सिलिङ
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ मन्त्रालयले कृषि मन्त्रालयलाई ५१ अर्ब ८८ करोड रुपियाँ बजेट सिलिङ तोकेको छ । आगामी आवका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि बजेट घटाउने देखिएको छ । अर्थ मन्त्रालयले तोकेको सिलिङ नै चालु आवभन्दा कम रहेको छ ।
वैदेशिक रोजगारी त्यागेर गाईपालन
कपिलवस्तु वाणगङ्गा नगरपालिका–६, भगलापुरका झविन्द्र पौडेलले गाईपालनबाट मनग्गे आम्दानी गर्नुभएको छ । वैदेशिक रोजगारी त्यागेर आधुनिक तरिकाले गाईपालन गर्नुभएको पौडेलले मासिक एक लाख बचत गर्दै आउनुभएको छ । पौडेलले वैदेशिक रोजगारीबाट बचत गरेको रकम लगानी गर्दै २०७५ सालबाट व्यवसाय सुरु गर्नुभएको थियो ।
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ ।
भण्डारणको प्रविधि गाउँमा भित्रिएपछि जुनार कृषक दङ्ग
भण्डारणको प्रविधि गाउँमा भित्रिएपछि रामेछापको रामेछाप नगरपालिका–६ ओख्रोनीका जुनार कृषक पदम बहादुर तामाङ दङ्ग हुनुहुन्छ ।
तरकारी हब बनाउन बीउ सहयोग
जिल्लामा सिङ्गो वडालाई तरकारीको हब बनाउनका लागि किसानलाई तरकारीको बीउ सहयोग गरिएको छ । व्यवसायी तरकारी खेती गरेर आम्दानीको स्रोत बनाउनका लागि बीउ सहयोग गरिएको हो ।
केरा खेतीमा किसानको आकर्षण बढ्दो
परम्परागत खेती प्रणलीबाट लगानी उठाउनै समस्या हुन थालेपछि सुनसरीका किसानहरु केरा खेतीतर्फ आकर्षित हुन थालेका छन् । अरु खेती जस्तो मेहनत गर्नुनपर्ने भएपछि किसानहरुको आकर्षण केरा खेतीतिर हुन थालको हो ।
नवलपरासीका किसान तोरीखेतीतर्फ आकर्षित
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष दुई हजार नौ सय ७१ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार जिल्लामा यस वर्ष दुई हजार चार सय ४३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदा सो उत्पादन भएको हो ।
उजाडिएको स्याउ बगानमा हरियो तरकारी
हिमालपारीको जिल्ला मुस्ताङमा अहिले रुखका पातहरु झरेर उराठ बनेको अवस्था छ । टाढाटाढासम्म हेर्दा देखिने उराठ वातावरण भित्र हरियाली पनि हुन सक्छ भन्ने तथ्य मार्फा क्षेत्रले देखाएको छ ।
हिउँदे फलफूलको नर्सरी व्यवस्थापन सिकाउँदै शीतोष्ण बागवानी विकास केन्द्र
हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रले हिउँदे फलफूलको नर्सरी व्यवस्थापन सम्बन्धी तीन दिने अगुवा कृषक तालिम सञ्चालन गरेको छ ।
ब्राण्ड बन्यो हेम्जाली आलु
कास्कीको हेम्जामा उत्पादित आलु पोख्रेली उपभोक्ताका लागि ब्राण्ड बनेको छ । हेम्जा कृषिका लागि उर्वरभूमि भएकाले यहाँ आलुलगायत विभिन्न कृषि कर्म गरिन्छ ।
कम्पोष्ट मल उत्पादन
तुलसीपुर उपमहानगरपालिकाले गल्ने फोहोरबाट तुलसी कम्पोष्ट मल उत्पादन सुरु गरेको छ । पालिकाले दैनिक सङ्कलन हुने गल्ने फोहोरलाई तुलसी कम्पोष्ट मलको रूपमा तयार पारेर बिक्रीका लागि बोरामा प्याकिङ समेत गरेको छ ।
तमानखोलामा कृषि सङ्कलन केन्द्र बन्दै
बागलुङको तमानखोला गाउँपालिकामा कृषि सङ्कलन केन्द्र निर्माण गर्न थालिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ४० लाखबाट सङ्कलन केन्द्र निर्माण गर्न थालिएको हो ।
दोदा जलाधार क्षेत्रका बाढी प्रभावित किसानलाई अनुदान
उखुखेती प्रवर्द्धनका लागि पुनर्वास नगरपालिकाका बाढी प्रभावित किसानलाई ५० प्रतिशत अनुदानमा साना कृषि औजार वितरण गरिएको छ ।
गुणस्तर र उर्वराशक्ति बढाउन माटो परीक्षण
नेपालगन्ज उपमहानगरको कृषि शाखाका अनुसार माटोको वास्तविक अवस्था नबुझेर जथाभाबी र अन्धाधुन्ध हिसाबले रासायनिक मलको प्रयोगका कारण माटोको गुणस्तर र उर्वराशक्ति घटिरहेकाे बेला त्यसको नियन्त्रणका लागि माटो परीक्षण सुरु गरिएको हो ।
किसानले पाए उत्पादनमा आधारित अनुदान
पाल्पाका २६ वटा सहकारी संस्थाहरूले उत्पादनमा आधारित अनुदान पाएका छन् । जिल्लाको कृषि, पशु तथा उत्पादनका क्षेत्रमा काम गरेका २६ वटा सहकारी संस्थाले उत्पादनका आधारमा अनुदान पाएका हुन् ।
मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण
कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषियन्त्र वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीको वसन्ते तथा हिउँदे मकैखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषियन्त्र वितरण गरिएको हो ।