‘बाँदर नियन्त्रण गर्ने कानुन बनाइदिनुहोस्’
मतदातासँग जनसंवाद कार्यक्रम सञ्चालनका लागि पर्वतको महाशिला पुग्नुभएका कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीलाई स्थानीयवासीले बाँदर नियन्त्रण गर्ने कानुन बनाइदिन आग्रह गरेका छन् ।
कुकुरकै भरमा भेडापालन
मुगु जिल्लाका हिमाली क्षेत्रहरूमा भने कुकुरकै भरमा भेडाबाख्रा सुरक्षाको पूरै जिम्मा दिइन्छ । हिमाली भेगका स्थानीय र भोटेजातका कुकुर जङ्गली जनावर स्याल, भालु, चितुवालगायतका जनावरसँग पनि डराउँदैन ।
किसानलाई अनुदान दिन सांसदको माग
कृषिजन्य उत्पादनको बजारीकरण र वास्तविक किसानलाई अनुदान दिनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
असिना–पानीले बाली नष्ट
म्याग्दीको माथिल्लो भेगमा वर्षासँगै परेको असिनाले हिउँदेबाली नष्ट गरेको छ ।
सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारी
कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले ०८१/०८२ भित्र वास्तविक किसानको पहिचान गरी किसान परिचय पत्र वितरण गर्ने बताउनुभएको छ ।
वर्षाले जौ बालीलाई राहत
हिउँदयामको अन्त्यतिर भएको वर्षाले जौलगायतका बालीलाई राहत पुगेको छ । यस पटकको वर्षले ताप्लेजुङको लेक क्षेत्रका किसानले लगाएको रैथाने बाली जौ खेतीका लागि राहत पुगेको हो ।
‘कृषिमा आत्मनिर्भर हुनेगरी बजेट तय हुन्छ’
कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन सांसदहरुलाई आग्रह गर्नुभएको छ । सोमबार सिंहदरबारमा सांसदहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो ।
चैते धान विस्तार कार्यक्रम स्थगित
आर्थिक अभावका कारण चालु आर्थिक वर्षमा चैते धान क्षेत्रफल विस्तार गर्ने योजना अगाडि बढ्न सकेन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आवमा २० हजार हेक्टर क्षेत्रफलमा चैते धान विस्तार गर्ने तयारी गरेको थियो । आर्थिक अभावका कारण सो विस्तार गर्न नसकिएको कृषि मन्त्रालयले जनाएको छ ।
आलुखेती गर्ने कृषकलाई अनुदान
फेदिखोला गाउँपालिकाले किसानले उत्पादन गरेको आलुमा अनुदान दिएको छ । पालिकाले आलु पकेट विस्तार गरेसँगै प्रवर्धनमा जोड दिने उद्देश्यले सकेटारीमा गरेको प्रथम आलु प्रदर्शनीमा अनुदान कार्यक्रम अन्तर्गत प्रतिकेजी पाँच रुपियाँ २५ पैसा अनुदान दिएको हो ।
स्ट्रबेरीसँग रमाउँदै सर्वसाधारण
चितवनको भरतपुर महानगरपालिका–५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिमा व्यावसायिक रुपमा लगाइएको स्ट्रबेरी फार्ममा आफैँ टिपेर खान र फोटो खिच्न आएका सर्वसाधारण ।
फौजी किरा नियन्त्रण गर्ने प्रविधि नार्कमा अलपत्र
मकैदेखि विभिन्न बालीमा क्षति पुर्याउँदै आएको अमेरिकी फौजी किरा नियन्त्रण तथा व्यवस्थापनका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले नयाँ प्रविधि पत्ता लगाएका छन्, तर त्यो प्रविधि अलपत्र अवस्थामा छ । गाडीका इन्जिनमा प्रयोग हुने ग्रिज मकै बालीमा प्रयोगमा ल्याएपछि फौजी किरालाई नियन्त्रण गर्न सकिने प्रविधिको विकास गरेका नार्कका वैज्ञानिक डा. उज्ज्वल कुशवाहाले बताउनुभयो । फौजी किरा नियन्त्रणका लागि वैज्ञानिक कुशवाहाले विगत चार वर्षदेखि अनुसन्धान गरी त्यसमा सफल हुनुभयो तर नार्कले हालसम्म त्यसलाई मान्यता दिएको छैन ।
नगरपालिकाद्वारा कृषकलाई भैँसी सहयोग
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुधबाट आम्दानी गर्न ९४ जना किसानलाई भैँसी प्रदान गरेको छ । किसानलाई दुधमा आत्मनिर्भर बनाउँदै दुधबाट आम्दानी भित्र्याउने लक्ष्यसहित भैँसी प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
बाह्र देशका कृषि वैज्ञानिक पनौतीमा
एसिया प्यासिफिक रिजनका सदस्य राष्ट्रका कृषि वैज्ञानिक तथा कृषिविज्ञले काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा सञ्चालित जैविक विषादी प्रयोगशाला तथा पनौती क्षेत्रमा लगाइएको आलु खेतीको अवलोकन गरेका छन् । एसिया प्यासिफिक प्लान्ट क्वारेन्टाइन कमिसन तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र काठमाडौँको संयुक्त आयोजनामा भएको जैविक विषादी व्यवस्थापनसम्बन्धी तालिमका सहभागीले पनौतीमा भएको जैविक विषादी प्रयोगशालाको अवलोकन गरेका हुन् ।
निर्यात बढाउने योजना बनाउँदै एफएओ
संयुक्त राष्ट्रसङ्घको खाद्य र कृषि सङ्गठन (एफएओ) नेपालले निर्यातमुखी कृषि उत्पादनलाई वृद्धि गर्दै त्यसलाई व्यवसायीकरण गर्नका लागि लगानीकर्ता तथा व्यवसायीको खोजीमा लागेको छ । त्यसका लागि एफएओले ह्यान्ड इन ह्यान्ड इनिटिएटिभ (हातमा हातका लागि पहल) कार्यक्रम सुरु गरेको छ । कृषि क्षेत्रमा लगानी वृद्धि गरी त्यसको रूपान्तरणमा सहयोग पु¥याउन एफएओले सो कार्यक्रम सञ्चालन गरेको हो ।
सडकमा माछा फालेर कृषकको प्रदर्शन
सर्लाहीका माछापालक किसानले शुक्रबार सडकमा माछा फालेर प्रदर्शन गरेका छन् । विद्युत् महसुलमा सहुलियत दिनुपर्ने माग राख्दै माछाको पकेट क्षेत्र मानिने ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिका किसानले पूर्व–पश्चिम राजमार्गअन्तर्गत फूलजोरमा चक्काजामसहित माछा फालेर प्रदर्शन गरेका हुन् ।
मकैखेतीमा किसानको आकर्षण बढ्दै
पछिल्लो समय कैलालीका किसान मकैखेतीमा आकर्षित हुन थालेका छन् । तोरी बाली टिपेपछि तेस्रो बालीका रुपमा यस क्षेत्रका किसानले मकै खेती गर्ने गरेका हुन् ।
हिल्दुमका किसान तरकारीखेतीमा आकर्षित
हुम्लाको सिमकोट गाउँपाकिा–४ हिल्दुम गाउँका पूरै किसान यतिबेला तरकारीखेतीमा व्यस्त छन् । झन्डै ५६ घरधुरी रहेको हिल्दुम गाउँका किसानले केही वर्ष यतादेखि गाउँमै तरकारी राम्रो फलाउँदै आएका छन् ।
हिउँ पानी पर्दा कृषक खुसी
पाँचथरको फिदिम–१० का किसान वीरमान लिम्बु बिहीबार निकै खुसी देखिनुभयो । पानी नपर्दा मकै छर्ने जमिन बाँझो हुने चिन्तामा रहेका लिम्बुले पानी परेसँगै अब नयाँ बाली लगाउने ढोका खुलेको बताउनुभयो ।
चितवनमा भारतीय केरा, स्थानीय उत्पादनले बजार नपाउँदा किसान चिन्तित
चितवनमा भारतीय केरा आयात हुँदा स्थानीय उत्पादनको बिक्रीमा समस्या भएको किसानले गुनासो गरेका छन् । बजारमा ल्याउने तयारी अवस्थाका स्थानीय केराले बजार नपाउँदा केरा उत्पादक किसानले चिन्ता व्यक्त गरेका हुन् ।
बाली जोगाउन भोटे कुकुर वितरण
पाणिनी गाउँपालिका पोखराथोकमा वन्यजन्तुबाट बाली जोगाउन किसानलाई भोटे कुकुर वितरण गरिएको छ । पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोकमा किसानका मागका आधारमा शुद्ध नस्लका नौ वटा भोटे कुकुर वितरण गरिएको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताउनुभयो ।
सिंहदरबार परिसरमा डिडिसीको सहुलियत बिक्री केन्द्र
दुग्ध विकास संस्थान (डिडिसी) ले सिंहदरबारभित्र सहुलियत बिक्री केन्द्र स्थापना गरेको छ । बुधवार सिंहदरबार परिसरमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सहुलियत बिक्री केन्द्रको उद्घाटन गर्नुभयो ।
युवा बिदेसिने क्रम बढेसँगै परम्परागत कृषि उत्पादन खुम्चिँदै
नुवाकोटमा परम्परागत कृषि उत्पादनमा ह्रास आएको छ । पछिल्लो समय युवाहरू सहज र सुविधायुक्त जीवनयापनको लालसाले परदेशिने क्रम बढेसँगै ग्रामीण बस्ती उराठ देखिन थालेको छ ।
पाखापखेरामा सुन्तला जातको खेती विस्तार
नवलपुरमा सुन्तला जातको फलफूल खेतीको क्षेत्र दुई गुणाले विस्तार भएको छ । केही वर्षअघिसम्म पाखापखेरामा सीमित रहेको नवलपुरको पहाडी भेगमा यतिबेला सुन्तला जात फलफूलका बोट बिरुवाले भरिभराउ छन् । यहाँका ९९० घरधुरी सुन्तला र कागती खेतीमा सक्रिय छन् । यहाँको पाखापखेरामा अहिले सुन्तला जातका फलफूल लटरम्म फल लागेका छन्, त कहीँ फूल फुलिरहेका छन् । जिल्लामा आर्थिक वर्ष २०७५/७६ बाट प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना (सुन्तला जात फलफूल जोन ) लागु भएपछि यहाँका पाखापखेरामा सुन्तला, कागती, निबुवा र मौसमका बोट देख्न सकिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन एकाइ कावासोतीका प्रमुख वरिष्ठ कृषि अधिकृत सुनीलकुमार
लोप हुँदै मान्छेका मित्र किराफट्याङ्ग्रा
अन्न उत्पादन बढाउने र फूलको परागसेचन गराउन मुख्य भूमिका निर्वाह गर्ने किराफट्याङ्ग्राको सङ्ख्यामा कमी आएको छ । मानव जीवनसँग निकट सम्बन्ध राख्ने किराफट्याङ्ग्रा घट्दा त्यसले विश्वव्यापी रूपमा असर पार्ने भएकाले समयमै सचेत हुन खोजकर्ताले अनुरोध गरेका छन् । लामो समयदेखि युरोप र अमेरिकामा किरा कसरी लोप भइरहेको छ भन्नेबारे अध्ययन भए पनि अफ्रिका, दक्षिण अमेरिका र एसियाका धेरै क्षेत्रमा भने किरा लोप भएका बारे कमै अध्ययन भएको छ । नेपालमा पनि किरा लोप भएको बारेमा सरकारी स्तरबाट धेरै खोज हुन सकेको छैन तर त्यसको असर भने किसानलाई पर्न थालेको छ ।