डेढ करोडको विषादीरहित तरकारी उत्पादन
कनकाई नगरपालिकाका किसानले करिब एक करोड ५० लाख बराबरको विषादीरहित तरकारी उत्पादन गरेका छन् । नगरले विषादीरहित तरकारी उत्पादनका लागि सहयोग-सहजीकरण गर्न थालेसँगै सो रकम बराबरको तरकारी उत्पादन भएको कनकाइ नगरपालिका कृषि शाखा प्रमुख यदुकुमार उप्रेतीले जानकारी दिनुभयो ।
कैलाली भन्सारबाट २६ करोडको गहुँ आयात
कैलाली भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा २६ करोड ३७ लाखको गहुँ आयात गरिएको छ । सोही अवधिमा १२ करोड २१ लाखको मकै, पाँच करोड ९४ लाखको चामल र एक करोड ९२ लाखको तोरीको दाना आयात भएको छ ।
सिक्टाले लिफ्टिङ सिँचाइ योजना सञ्चालन गर्दै
सिक्टा सिँचाइ आयोजनाले बाँकेका केही ठाउँमा लिफ्टिङ सिँचाइको योजना पनि सञ्चालन गर्ने भएको छ ।
पशु स्वास्थ्य शिविरबाट चार सय कृषक लाभान्वित
पशु स्वास्थ्य शिविर बाट जिल्लाका चार सय पशुपन्छी पालक कृषक लाभान्वित भएका छन् । रामपुर नगरपालिका–६, बुल्टारमा भएको एक दिने निःशुल्क शिविर बाट रामपुर क्षेत्रका कृषकहरू लाभान्वित भएका हुन् ।
विपन्न दलित परिवारलाई पाडी वितरण
गोरखा नगरपालिका – १ ताप्लेका विपन्न दलितहरूलाई २१ बटा भैँसीको पाडी वितरण गरिएको छ । आइतबार गोरखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगरले एक कार्यक्रमका बिच दलित जनजागरण आमा समूहका २१ घर धुरीलाई भैँसीको पाडी वितरण गरिएको गोरखा नगरपालिका – १ का वडा अध्यक्ष हिक्मत बहादुर कुबेरले बताउनु भयो ।
ढोरपाटनमा आलु खेतीका लागि क्षेत्र विस्तार
जिल्लाका निसीखोला, ढोरपाटन र ताराखोला क्षेत्र आलु उत्पादनमा प्रसिद्ध छन् । यी ठाउँबाहेक बागलुङका अन्य क्षेत्रमा पनि आलु खेती हुँदै आएको छ । बागलुङ आलु खेतीका लागि उर्वर भएकाले कृषि ज्ञान केन्द्रले यस वर्षदेखि क्षेत्र विस्तार गर्न थालेको छ । ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा रु तीन करोड ५० लाख विनियोजन गरेर किसानलाई आलुको बिउ वितरण गरि रहेको छ । आलु खेतीतर्फ कृषकलाई आकर्षित गर्न यसबाटै आत्मनिर्भर बनाउनेतर्फ कृषि ज्ञान केन्द्र सक्रिय बनेको छ ।
फ्लोरा एक्स्पोमा एक करोड पाँच लाख बढी कारोबार
फ्लोरा एक्स्पोमा एक करोड पाँच लाख ५० हजारको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ।
हावाहुरीले सूर्यमुखी खेतीमा क्षति
मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा लगाइएको सूर्यमुखी खेतीमा हावाले क्षति पुर्याएको छ।
रुम्जाटारको राडीपाखी
कोशी प्रदेश अन्तर्गत ओखलढुङ्गा जिल्ला सदरमुकामदेखि ११ किमी पूर्वमा अवस्थित धार्मिक, सांस्कृतिक तथा पर्यटनको सम्भाव्य स्थल हो रुम्जाटार । बाइसे–चौबिसे राजाको पालादेखि नै किराँत वंशीहरूले शासन गरेको यस रुम्जाटार क्षेत्रको नामकरण तत्कालीन किराँती राजा रुम बुढाको नामबाट रहन गएको कुरा स्थानीय व्यक्ति बताउँछन् ।
माछापालक कृषकलाई काउन्सिलिङ गर्न तालिम
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले माछा उत्पादनमा किसानले उन्नत प्रविधि अपनाउन् भन्ने उद्देश्यसाथ किसानलाई काउन्सिलिङ गर्नका लागि परियोजना अन्तर्गतका कर्मचारीलाई तीन दिने तालिम दिइएको छ ।
सप्तरीमा धेरै आँप फल्ने अनुमान
सप्तरीमा यस वर्ष बढी आँप उत्पादन हुने अनुमान छ । हाल मौसममा देखिएको अनुकूलता तथा आँपको रुखमा मञ्जरी लागेका कारण बढी आँप उत्पादन हुने अनुमान रहेको हो ।
२५ औँ फ्लोरा एक्स्पो (फोटो फिचर)
काठमाडौँको भृकुटीमण्डपमा ‘२५ औँ फ्लोरा एक्स्पो २०८०’ सुरु भएको छ। ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ बिहीबार एक्स्पो सुरु भएको हो।
विदेश पलायन रोक्न दूधमा अनुदान
किसानलाई पशुपालनमा आकर्षित गर्ने उद्देश्यले स्याङ्जाको वालिङ नगरपालिकाले दूधमा प्रतिलिटर १० अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटमार्फत ‘दूधमा आत्मनिर्भर तथा गाईभैँसी प्रवर्द्धन कार्यक्रम’अन्तर्गत नगरपालिकाले दूधमा अनुदान दिने भएको हो ।
छ हजार किसानलाई कार्ड वितरण गर्ने
भूमिहीन तथा सीमान्तकृत महिला किसानको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले केयर नेपालले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडको सहयोगमा किसान कार्ड वितरण सुरु गरेको छ । पहिलो चरणमा उदयपुर, सप्तरी र सिराहा जिल्लाका छ हजार भूमिहीन, सीमान्तकृत तथा महिला किसानलाई सो कार्ड वितरण गर्ने भनी दुई पक्षमा बुधबार सम्झौता भएको छ । केयर नेपाल र नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कबिच हस्ताक्षर भएपछि विभिन्न जिल्लाका छ जना महिला कृषकलाई सो कार्ड वितरण गरी शुभारम्भ गरिएको केयर नेपालका निर्देशक मोना शेर्पाले बताउनुभयो ।
सामूहिक खेती गर्दै मनाङी महिला
मनाङी महिलाले सामूहिक खेतीमा जुटेका छन् । नासोँ गाउँपालिका –१ ताल गाउँका महिला सामूहिक खेतीमा लागेका हुन् ।
कृषकलाई अनुदानमा मकैको बिउँ वितरण
रामपुर नगरपालिकाले कृषकलाई उन्नत जातको मकैको बिउँ वितरण गरेको छ ।
कृषि प्राथमिकतामा प्रथम हुनेलाई २५ हजार पुरस्कार
प्रथम तानसेन महोत्सवमा परम्परागत रुपमा बन्दैआएको कृषिका स्टलमा अवलोकन गर्नेको भिड लागेको छ । महोत्सवमा गिठिको ठेका ठिकिको स्टलमा, बाँसबाट बनाएइका मुडाहरु, बस्ने कुर्सीहरु सामान राख्ने भाडाहरु तथा विभिन्न किसिमका आकर्षित सामान खरिद गर्नेको भिड लागेको हो ।
बाढी प्रभावित मनाङे महिला सामूहिक खेती गर्दै
२०७८ को मर्स्याङ्दी नदीमा आएको बाढीले क्षतविक्षत पारेर भर्खरै बसेको बस्ती । अनि त्यही बस्तीको बाँचेको समथर जमिन । हो त्यही जमिनलाई सदुपयोग गरी सामूहिक खेती गर्दै छन् ताल गाउँका महिला । यसै पनि हिमाली भेगमा खेतीयोग्य जमिन कमै हुन्छ । भएका जमिन पनि भिरालो तथा पखेरामा हुन्छन् तर ताल गाउँको जमिन भने बगरमै भए पनि सम्म छ । यही सम्म परेको ठाउँमा नासोँ गाउँपालिका–१ ताल गाउँका महिला यति बेला सामूहिक खेतीमा व्यस्त छन् ।
स्वच्छ प्रतिस्पर्धी बजारका लागि उपभोक्ता अदालत गठन जरुरी
उपभोक्ता संरक्षण ऐन २०७५ ले व्यवस्था गरेको उपभोक्ता अदालत गठन नहुँदासम्म स्वच्छ प्रतिस्पर्धी बजारको परिकल्पना गर्न नसकिने बताइएको छ । विश्व उपभोक्ता दिवसको अवसरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलबार राजधानीमा आयोजना गरेको ‘स्वच्छ प्रतिस्पर्धी बजार उपभोक्ताको सार्वभौम अधिकार स्थापितका लागि उपभोक्ता अधिकारकर्मी र सञ्चारकर्मीको भूमिका’ विषयक छलफलमा सो कुरा बताइएको हो । राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले उपभोक्ता अदालत गठन नहुँदा उपभोक्ता अधिकार कुण्ठित भएको बताउनुभयो ।
तीन जनालाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार
मकवानपुरका विभिन्न स्थानमा व्यावसायिक कृषि कर्ममा क्रियाशील तीन अगुवा कृषक पुरस्कृत हुनुभएको छ ।
वार्षिक १३ करोडभन्दा बढीको सुन्तला बिक्री
गोरखा जिल्लामा यस वर्ष १३ करोड ५० लाख रुपियाँको सुन्तला कारोबार भएको छ ।
आँप उत्पादन बढ्ने
लहानको राजधानीको रूपमा चिनिएको लहानमा मञ्जर लागेको आँपको स्याहार गरे उत्पादन बढ्ने लहान नगरपालिका कृषि शाखा लहानले जनाएको छ । अहिले मधुवा किराको प्रकोपबाट बचाउन कृषि शाखाले किसानलाई औषधी वितरण र प्राविधिक ज्ञान दिई कार्यक्रम अघि बढाएको छ ।
कृषि योग्य क्षेत्रको माटो उपचारका लागि कृषि चुन
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले कृषियोग्य क्षेत्रको माटो उपचार सुरु गरेको छ । माटोको अम्लीयपन बढी हुँदा खेती राम्रो नहुने र उत्पादन समेत घट्ने हुँदा माटो उपचार सुरु गरी कृषि चुनलाई प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ ।
कृषिबाटै करोडपति
कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राईले भने कृषि पेसामै ठूलो सम्भावना रहेको देख्नुहुन्छ ।