दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु ४८ करोड रकम भुक्तानी गरेको हो ।
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती
दश वर्ष कोरिया बसेर फर्कनुभएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थाल्नुभएको छ । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उहाँले विदेशमा सिकेको सीप आफ्नै गाउँ फर्केर उपयोग गर्नुभएको हो ।
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
खडेरीले मकै सुक्न थालेपछि चितवनको भरतपुरमा नारायणी लिफ्ट खगेरी सिंचाइ व्यवस्थापन कार्यालयले सिंचाइका लागि पानी छोडेको छ । बिहीबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा लिफ्टको ‘बी’क्यानलबाट पानी छाडिएको व्यवस्थापन कार्यालय प्रमुख हरि गुरागाईले जानकारी दिनुभयो ।
जुम्लाका बगैँचामा स्याउ फुल लाग्यो
यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा फूल लाग्न थालेपछि बगैँचा सेताम्मे भएका हुन् । कर्णाली राजमार्गमा रहेका स्याउका बगैँचा फूलले सेताम्मे भएपछि आन्तरिक पर्यटनका लागि फोटो तथा भिडियो खिच्ने र थकाइ मार्ने थलो बनेका छन् ।
कालीकोट जिल्लाकै नमुना स्याउ बगैँचा फोइमहादेवमा
कालीकोट जिल्लाकै नमुना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा छ । स्थानीय नवीन हमालले चुली कर्णाली एग्रो फार्ममार्फत् तीन वर्षदेखि सञ्चालन गरेको स्याउ बगैँचा जिल्लाकै नमूना स्याउ बगैँचा हो ।
चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु
कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना निर्माण सुरु भएको छ । चुरे गाउँपालिका–२, ४ र ६ गरी तीन वडामा छवटा सिँचाइ योजना निर्माण सुरु गरिएको हो ।
बाँकेका किसान चैते धानप्रति आकर्षित
प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, बैजनाथ, डुडुवा गाउँपालिकाका किसान चैते धानप्रति आकर्षित भएका हुन् ।
चिया निर्यातमा भारतीय अवरोध हट्यो
भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए ।
बाँकेका किसान चैते धानखेतीमा
बाँकेमा नयाँ-नयाँ किसानले चैते धानखेती गर्न थालेका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, वैजनाथ र डुडुवा गाउँपालिकाका किसानले नयाँ अनुभव हासिल गर्न भन्दै चैते धानखेती गर्न लागेको बताएका छन् ।
‘‘कृषिमा छाडा चौपाया र बजारीकरण प्रमुख समस्या’’
कैलालीको टीकापुर नगरपालिका-२ की सरिता घर्तीमगरसँग १० कट्ठा जमिन छ । त्यही जग्गामा खेतीपाती गरी गुजारा गर्दै आउनुभएकी सरिताले यसपालि हिउँदे खेती लगाउनुभएन, खेत बाँझै रह्यो । छाडा पशु चौपायाको सास्तीले उहाँले खेती नलगाउनुभएको हो ।
मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
कैलालीको मोहन्याल गाउँपालिकाका पाँच वडामा नौ वटा सिँचाइ योजनाको काम सुरु भएको छ । कृषकको खेतबारीमा सिँचाइ सुविधा पुर्याउन वडा नम्बर ३, ४, ५, ६ र ७ मा सिँचाइ योजनाको काम सुरु गरिएको हो ।
गहुँ बोटमै सुकेपछि भोकमरी टार्न भारततर्फ
खडेरीले गहुँ वाली बोटमै सुक्न थालेपछि कर्णालीका जिल्लाहरूमा भोकमरीको सामना गर्नु पर्ने देखिएको छ । गत असोज देखि खासै पानी परेन । कहिले काहीँ पर्ने पानीले सुख्खा क्षेत्रमा छरिएको गहुँलाई खासै सिचाई पुगेन । सिचाई अभाव भई रहेका क्षेत्रमा पाक्दै गरेको गहुँ बोटमै सुक्न सुरु गरेको छ । फागुन महिनामा कहिले काहीँ पर्ने पानीले गहुँका बाला (फल) लागेको थियो ।
देशको चालिस प्रतिशत वडामा कृषि कामदार अभाव
बढ्दो सहरीकरण, न्यून ज्याला, कडा परिश्रम, वैदेशिक रोजगारीको आकर्षण जस्ता विभिन्न कारणले कृषिमा कामदारको अभाव देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा कामदारको अभाव मधेश प्रदेशमा देखिएका छन् भने सबैभन्दा कम कामदारको अभाव कर्णाली प्रदेशमा देखिएको छ । तथ्याङ्क कार्यालयले विवरण सङ्कलन गरिएको सातै वटा प्रदेशको वडामध्ये दुई हजार ४१७ अर्थात् ४० प्रतिशत वडामा कामदारको अभाव देखिएको छ
सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने बताएको छ । अहिले मलको आपूर्ति सहजरूपमा भइरहेकाले मल अभाव नहुने केन्द्रको भनाइ छ ।
चैते धानप्रति दाङका किसानमा आकर्षण
बङ्गलाचुली गाउँपालिका –४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोप्नुभएको छ । चैते धानले उहाँको जीविकोपार्जनमा सहयोग भएको छ । हरेक वर्ष आम्दानी बढेपछि चैते धानखेतीलाई निरन्तरता दिएको उहाँ बताउनुहुन्छ ।
मह उत्पादनमा कमी, कृषक निराश
यो वर्ष महोत्तरीको जङ्गलबाट मह उत्पादनमा कमी आएको छ । माहुरी कृषकका अनुसार मौसमी प्रतिकूलता, सिकारी चराको प्रकोप र रोगव्याधीले गर्दा मह उत्पादन अनपेक्षित रूपले घटेको हो । चौतर्फी व्यवधान आइलागेपछि मौरी कृषक समयअगावै घर फर्किएका छन् । चितवनको खैरेनीबाट मेलिफेरा जातका मौरीका घार लिएर आगन्तुक मह कृषक हरेक वर्ष फागुन महिनातिर महोत्तरीको जङ्गल क्षेत्रमा आउने गर्छन् । फागुन महिनादेखि मधेशका गाउँघरमा लिची र सोहिजनका बोट पनि फुल्ने भएकाले मह कृषकको आकर्षण बढेको हो । मह कृषकहरू २०६४ देखि मौरी चराउन महोत्तरी आउने गरेका छन् ।
लोप हुँदै बाँसबाट बनेका सामग्री
पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले बाँसबाट बनेका सामग्री लोप हुँदै गएका छन् । ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदैआएको बाँस र निगालोको चोयाबाट बुनिएका डोको, डालो, थुन्से र भकारी लोप हुँदैगएका छन् ।
तनहुँमा अदुवा उत्पादन बढ्यो
तनहुँमा यस वर्ष अदुवा उत्पादनमा वृद्धि भएको छ । अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
बेमौसमी मकै खेतीबाट आम्दानी लिँदै किसान
दाङमा किसानले बेमौसमी मकै खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । मकै खेतीका लागि किसानलाई तालिमसँगै बिउ र यान्त्रिकीकरणमा प्रधानमन्त्री कृषि परियोजनाले सहयोग गर्न थालेपछि पछिल्लो समय धेरै किसान बेमौसमी मकै खेतीतर्फ आकर्षित भएका छन् । सुक्खा समयमा पनि मकै खेतीबाट आम्दानी लिन सकिने भएपछि अन्य काम छोडेर मकै खेतीमा लागेको लमही नगरपालिका–४, सेमरहवा निवासी किसान राजबहादुर चौधरी बताउनुहुन्छ । पहिले घरमा खानका लागि मात्रै मकै खेती गर्दै आउनुभएका चौधरीले पछिल्लो समय करिब एक बिघा क्षेत्रफलमा व्यावसायिक रूपमा मकै खेती गर्न थाल्नुभएको छ ।
बेमौसमी मकैखेतीबाट आम्दानी लिँदै किसान
दाङमा किसानले बेमौसमी मकैखेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । मकै खेतीका लागि किसानलाई तालिमसँगै बिउ र यान्त्रिकरणमा प्रधानमन्त्री कृषि परियोजनाले सहयोग गर्न थालेपछि पछिल्लो समय धेरै किसान बेमौसमी मकै खेतीतर्फ आकर्षित भएका छन् ।
किसानको पहिचान र वर्गीकरणका आधारमा सेवासुविधा
किसानको पहिचान र वर्गीकरणका आधारमा उसलाई सामाजिक न्याय, सेवा, सुविधा र सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने कुरामा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल, लिवर्ड, फियान नेपाल, खाद्य अधिकार राष्ट्रिय सञ्जाललगायतका संस्थाले संयुक्त रूपमा आयोजना गरेको ‘खाद्य सुरक्षा, खाद्य अधिकार र खाद्य सम्प्रभुताको नीतिगत प्रावधान र स्थानीयकरणको अभ्यास’ विषयक अन्तर्क्रिया कार्यक्रममा सरोकारवालाले सो कुरामा जोड दिएका हुन् ।
कृषि मजदुर अभावमा गहुँबाली भित्र्याउन समस्या
कृषि मजदुरको अभावले गर्दा रौतहटका अधिकांश किसानले समयमा गहुँबाली भित्र्याउन पाएका छैनन् ।
मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
म्याग्दीका जङ्गलमा विगत तीन वर्ष यता अत्यधिक डढेलो लागेका कारण पुष्परसमा कमी हुँदा मौरीपालक कृषक बढ्दै गए पनि मह उत्पादन भने घट्दै गएको छ ।
सप्तरीमा गहुँ बाली भित्र्याउने चटारो
सप्तरी लगायत तराई मधेशका किसानले अहिले आ-आफ्ना खेतमा पाकेर भित्र्याउने बेला भएको गहुँ बाली धमाधम काटेर थ्रेसर लगाउन सुरु गरेका छन् ।