लोप हुँदै बाँसबाट बनेका सामग्री
पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले बाँसबाट बनेका सामग्री लोप हुँदै गएका छन् । ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदैआएको बाँस र निगालोको चोयाबाट बुनिएका डोको, डालो, थुन्से र भकारी लोप हुँदैगएका छन् ।
तनहुँमा अदुवा उत्पादन बढ्यो
तनहुँमा यस वर्ष अदुवा उत्पादनमा वृद्धि भएको छ । अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
बेमौसमी मकै खेतीबाट आम्दानी लिँदै किसान
दाङमा किसानले बेमौसमी मकै खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । मकै खेतीका लागि किसानलाई तालिमसँगै बिउ र यान्त्रिकीकरणमा प्रधानमन्त्री कृषि परियोजनाले सहयोग गर्न थालेपछि पछिल्लो समय धेरै किसान बेमौसमी मकै खेतीतर्फ आकर्षित भएका छन् । सुक्खा समयमा पनि मकै खेतीबाट आम्दानी लिन सकिने भएपछि अन्य काम छोडेर मकै खेतीमा लागेको लमही नगरपालिका–४, सेमरहवा निवासी किसान राजबहादुर चौधरी बताउनुहुन्छ । पहिले घरमा खानका लागि मात्रै मकै खेती गर्दै आउनुभएका चौधरीले पछिल्लो समय करिब एक बिघा क्षेत्रफलमा व्यावसायिक रूपमा मकै खेती गर्न थाल्नुभएको छ ।
बेमौसमी मकैखेतीबाट आम्दानी लिँदै किसान
दाङमा किसानले बेमौसमी मकैखेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । मकै खेतीका लागि किसानलाई तालिमसँगै बिउ र यान्त्रिकरणमा प्रधानमन्त्री कृषि परियोजनाले सहयोग गर्न थालेपछि पछिल्लो समय धेरै किसान बेमौसमी मकै खेतीतर्फ आकर्षित भएका छन् ।
किसानको पहिचान र वर्गीकरणका आधारमा सेवासुविधा
किसानको पहिचान र वर्गीकरणका आधारमा उसलाई सामाजिक न्याय, सेवा, सुविधा र सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने कुरामा सरोकारवालाले जोड दिएका छन् । राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल, लिवर्ड, फियान नेपाल, खाद्य अधिकार राष्ट्रिय सञ्जाललगायतका संस्थाले संयुक्त रूपमा आयोजना गरेको ‘खाद्य सुरक्षा, खाद्य अधिकार र खाद्य सम्प्रभुताको नीतिगत प्रावधान र स्थानीयकरणको अभ्यास’ विषयक अन्तर्क्रिया कार्यक्रममा सरोकारवालाले सो कुरामा जोड दिएका हुन् ।
कृषि मजदुर अभावमा गहुँबाली भित्र्याउन समस्या
कृषि मजदुरको अभावले गर्दा रौतहटका अधिकांश किसानले समयमा गहुँबाली भित्र्याउन पाएका छैनन् ।
मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
म्याग्दीका जङ्गलमा विगत तीन वर्ष यता अत्यधिक डढेलो लागेका कारण पुष्परसमा कमी हुँदा मौरीपालक कृषक बढ्दै गए पनि मह उत्पादन भने घट्दै गएको छ ।
सप्तरीमा गहुँ बाली भित्र्याउने चटारो
सप्तरी लगायत तराई मधेशका किसानले अहिले आ-आफ्ना खेतमा पाकेर भित्र्याउने बेला भएको गहुँ बाली धमाधम काटेर थ्रेसर लगाउन सुरु गरेका छन् ।
आयआर्जनका लागि उन्नत बाख्रा सहयोग
महिला समूह तथा सहकारी संस्थाका महिला सदस्यहरुलाई उन्नत जातको बाख्रा सहयोग गरिएको छ ।
उखु महोत्सवबाट किसान उत्साहित
छत्रकोट गाउँपालिकामा आयोजना गरिएको उखु महोत्सवबाट उखु किसान उत्साहित बनेका छन् । उखुको उत्पादनलाई थप व्यावसायिक बनाउँदै त्यसको प्रवद्र्धन र विकासका लागि गाउँपालिकाले वडा नम्बर ४ अन्तर्गत दिगामा शुक्रबार एकदिने उखु महोत्सवको आयोजना गरेको छ ।
समाधिस्थलमा रुपियाँ फलाउँदै भारतीय नागरिक
बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकालाई जोड्ने सिधनियाघाटस्थित राप्ती नदी पुलको पूर्व–दक्षिणतर्फ नदीको बगर अहिले हरियाली भएको छ ।
महिलालाई गहुँ काट्ने चटारो
माथि उल्लेखित देउडा यहाँका छोरेटाहरूले वैशाखमा गहुँ लौन्यारीलाई उद्धृत गर्दै भन्ने गर्दछन् । यहाँ वैशाखको महिला गहुँ पाक्ने र त्यति बेला अलि उमा खाने (काँचो रहेको गहुँलाई आगोमा राखेर पोलेर खाने गहुँको बाला) चलन छ ।
रासायनिक मल काठमाडौँ ढुवानी
चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी भइरहेको छ ।
सकियो आलु महोत्सव
आलु गाउँका रुपमा देशमै प्रख्यात पोखरा महानगरपालिका-२५ हेम्जामा सञ्चालन भएको आलु महोत्सव सकिएको छ । गत चैत २५ गतेदेखि सुरु भएको आलु महोत्सव बुधबारसम्म ३० लाख ६५ हजार सात सय २० को आलु बिक्री गर्दै सम्पन्न भएको हो ।
कृषि जनशक्ति उत्पादनमा सघाउँदै पर्वतका पालिका
कृषिलाई व्यावसायिक बनाउन तथा दक्ष कृषि जनशक्ति उत्पादनमा प्रेरित गर्ने उद्देश्यले पर्वतका विभिन्न स्थानीय तहले माध्यमिक तहका विद्यार्थीलाई कृषि कर्ममा लगाउन थालेका छन् । जिल्लाको मोदी गाउँपालिका र पैंयु गाउँपालिकाले विद्यार्थी केन्द्रित कार्यक्रम थालेका हुन् ।
किसानको बक्यौता रकम भुक्तानी गर्दै डिडिसी
दुग्ध विकास संस्थान (डिडिसी) ले किसानको बक्यौता रकम भुक्तानी गर्ने भएको छ । सहुलियत ऋणमा सरकारले दिएको ३० करोडमा १० करोड थपेर डिडिसीले ४० करोड रुपियाँ भुक्तानी गर्ने भएको छ । डिडिसीका निमित्त उपमहानिर्देशक राजेन्द्रप्रसाद अधिकारीले बिहीबार (आज) देखि बक्यौता रकमको भुक्तानी सुरु गरिने बताउनुभयो ।
सुदूरपश्चिमकै सबैभन्दा ठुलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा
सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता भएको चिस्यान केन्द्र ‘कोल्डस्टोर’ ऋणको बोझले बन्द हुने अवस्थामा पुगेको छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उक्त चिस्यान केन्द्र बैङ्कको ऋण तिर्न नसक्दा लिलामी हुने अवस्थामा छ ।
कैलालीमा चैते धान उत्पादन बढ्ने अनुमान
कैलालीमा यस वर्ष चैते धान खेती बढ्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । पालिकामा चैते धान खेतीसम्बन्धी कार्यक्रम विस्तार भएकाले गत वर्षभन्दा यो वर्ष चैते धान खेती बढ्ने कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्र शर्माले बताउनुभयो ।
स्ट्रबेरी खेतीमा रमाउँदै काभ्रेका मुक्ति
बनेपा नगरपालिका-१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु गर्नुभएको व्यावसायिक स्ट्रबेरी (भूईकाफल) खेतीमा विस्तार गर्दै लैजानुभएको छ ।
आगलागी हुँदा १५ बिघाको गहुँबाली जलेर नष्ट
बाँकेको जानकी गाउँपालिका २ नेवाजीगाउँमा आगलागीबाट १५ बिघाको गहुँबाली जलेर नष्ट भएको छ । एक्कासि खेतमा आगलागी हुँदा ११ जना किसानको १५ बिघामा लगाइएको गहुँबाली नष्ट भएको प्रहरी चौकी बेलभार बाँकेले जनाएको छ ।
मेसिनको प्रयोगबाट चैते धान रोपियो
डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि ज्ञान केन्द्र डोटीले शिखर नगरपालिकासँगको समन्वयमा जिल्लामा पहिलो पटक मेसिनबाट धान रोप्न सुरु गरेको हो ।
कृषिमा वातावरणको प्रभावबारे अध्ययन समिति गठन
कृषि अनुसन्धान परिषद् (नार्क) ले कृषिमा वातावरणले पारेको प्रभावका बारेमा अध्ययन गर्न विज्ञहरूको एउटा समिति गठन गरेको छ । नार्क अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले बोर्लोग इन्स्टिच्युट फर साउथ एसियाका अधिकारीसँगको छलफलपछि कृषिमा वातावरणीय प्रभावबारे अध्ययन गर्न समिति गठन गरेको हो । नार्कका वैज्ञानिक डा. रोशनबाबु ओझाको संयोजकत्वमा १२ सदस्यीय समिति गठन भएको हो ।
विषादी प्रयोगले मानवीय सङ्कट
कृषिमा रासायनिक र विषादी प्रयोगले मानवको अस्तित्वमाथि नै सङ्कट आउने अवस्थाको सिर्जना हुन लागेको नेपाल तथा भारतका पर्यावरणीय कृषि अभियन्ताहरूले जनाएका छन् । खाद्यका लागि कृषि अभियानले ‘जैविक कृषिको मार्गचित्र’ बारे आयोजना गरेको कार्यक्रममा कार्यक्रममा बोल्ने वक्ताले सो धारणा राखेका छन् । भारतका लेखक एवं वातावरण अभियन्ता भरत मन्सटाले विगत पाँच दशकदेखि सुरु भएको रासायन र विषादीको दौडले मानव अस्तित्व माथि प्रश्न उठेको बताउँदै उहाँले विकसित भएको एकल बाली खेती प्रणालीले निम्ताएको जैविक विविधताको ह्रास माथि चिन्ता व्यक्त गर्नुभयो । अभियन्ता मन्सन्टाले हजारौँ खानयोग्य बाली भएको क्षेत्रमा केही बाली मात्रको प्रोत्साहन र खेतीले खाद्य सङ्कट झनै बढाउँदै लगेको बताउनुभयो ।
स्ट्रबेरीखेतीबाट आम्दानी लिँदै सुदीप
नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका-७ का सुदीप दवाडीले तीन वर्षदेखि स्ट्रबेरीखेतीबाट राम्रो आम्दानी लिइरहनुभएको छ ।